होन्डा टेक्निसियन स्किल प्रतियोगिता

शनिबार, २३ कार्तिक २०७६, ०१ : ३३ शुक्रवार
होन्डा टेक्निसियन स्किल प्रतियोगिता

होन्डा नेपालले ग्वार्कोस्थित होन्डा सर्भिस ट्रेनिङ सेन्टरमा होन्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगिता आयोजना गरेको जनाएको छ। क्षेत्रीय स्तरबाट सुरु गरिएको यस प्रतियोगितामा देशभरका होन्डाका १३ आधिकारिक टेक्निसियनको सहभागिता रहेको कम्पनीले जनाएको छ।

उक्त प्रतियोगितामा सागर गुरुङ (पहिलो) र मोहन थापा मगर (दोस्रो) ले नेपालको प्रतिनिधि गर्दै मार्च २०२० मा थाइल्यान्डमा हुने एसियन होन्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, तेस्रो हुने होन्डा हाउस गोरखाका टेक्निसियन नरबहादुर चौधरीले पुरस्कारस्वरुप नगद २५ हजार रुपैयाँ प्राप्त गरेको उल्लेख छ। टेक्निसियनको आत्मविश्वास बढाउन उक्त प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ।

Leave A Comment