दराजको ठूलो सेलको तयारी

शनिबार, २३ कार्तिक २०७६, ०१ : ३९ शुक्रवार
दराजको ठूलो सेलको तयारी

अनलाइन सपिङ दराजले ११.११ सेलको तयारी गरेको छ। आगामी नोभेम्बर ११ मा हुने ११.११ सेलको तयारी गरेको हो। सो सेलमा तीन हजारभन्दा बढी विक्रेता, तीन लाखभन्दा बढी सामान तथा चार लाखभन्दा बढी प्रयोगकर्ताको सहभागिता हुने दराजले दावी गरेको छ।

उक्त दिन एक लाख अपेक्षित अर्डरका लागि तयारी गर्न चार सय थप डेक्स हेरोहरु (डेलिभरी राइडर) तथा ५० जना थप कस्टमर केयर एजेन्ट थपेको दराजले जनाएको छ।

संसारकै सबैभन्दा ठूलो सेल, अलिबाबाको ११.११ सेल नजिकिँदै गएको र पहिले चीनमा मात्र सीमित उक्त सेल अहिले संसारभरि एउटा मनोरञ्जनात्मक सेल डेको रुपमा चिनिन गएको कम्पनीले जनाएको छ।

अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले गत वर्ष कात्तिक २५ गते नेपालमा ११.११ आयोजना गरेको थियो। उक्त दिन साधारण दिनभन्दा ८० गुना बढी व्यापार भएको तथा दुई लाखभन्दा बढी उपभोक्ता, एक हजारभन्दा बढी बिक्रेता संलग्न रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Leave A Comment