प्रेममा अदिति

बिहिबार, २८ कार्तिक २०७६, १२ : १४ शुक्रवार
प्रेममा अदिति

नेपाली फिल्मका अभिनेत्रीहरु आफ्नो प्रेमी देखाउन होडबाजी नै चलेको झैँ छ अहिले। अभिनेत्री साम्राज्ञी प्रेमीसँग रोमान्टिक मुडमा खिचिएका तस्बिरले बजार सेलाउन नपाउदै अर्की अभिनेत्री अदिति बुढाथोकीले पनि आफ्ना प्रेमी सार्वजनिक गरेकी छन्। अदितिको इन्स्टाग्राममा अहिले भारतीय -यापर अलिम मोरानीसँगका तस्बिर भरिपूर्ण भएका छन्।

उनले इन्स्टामा प्रेमी मोरानीसँगको खिचिएका तस्बिरमा लभ इमोजीसमेत राखेकी छन् र लेखेकी छन्– ‘गुड टाइम्स’। यसपछि त के छ र ? उनलाई बधाईको ओइरो नै लागेको छ। इन्स्टाग्राममा हरेक दिन जसो बोल्ड तस्बिर राखेर आफ्ना दर्शकसँग रमाइरहेकी अदितिले सरप्राइज स्वरुप पहिलो पटक प्रेमीसँगको तस्बिर सार्वजनिक गरेकी थिइन्।

Leave A Comment