रुकमानको ‘हाक्पारे’ गीत

बिहिबार, ०६ जेठ २०७३, ०४ : ४६
रुकमानको ‘हाक्पारे’ गीत

गायक रुकमान लिम्बू सिंगल ट्रयाक लिएर आएका छन् । रुकमानले ‘हाक्पारे पालम ख्याली’ बोलको गीतलाई म्युजिक भिडियोमा ल्याएका हुन् ।

‘हाक्पारे पालम ख्याली’ लिम्बू संस्कृतिमा आधारित गीत हो । पूर्वेली लोकगीतमा आधारित उक्त हाक्पारेको शब्दरचना सञ्चारकर्मी योङ्जोम शेर्पाले गरेका हुन् । लिम्बू संस्कृति र भेषभूषामै छायांकन गरिएको यस गीतको भिडियोलाई युगल पोमुले निर्देशन गरेका हुन् ।

भिडियो पूर्णरूपमा लिम्बू कला, संस्कृति र रहनसहनमा केन्द्रित गरेर निर्माण गरिएको छ । भिडियो सार्वजनिक गरिए पनि युट्युबमा ल्याइएको छैन । टेलिभिजनमा प्रसारण गरिसकेपछिमात्र युट्युबमा सार्वजनिक गर्ने गायक रुकमानले बताए ।  

 

Leave A Comment