लगनगाँठो कस्दै ऋचा

बिहिबार, २८ कार्तिक २०७६, १२ : ५० शुक्रवार
लगनगाँठो कस्दै ऋचा

विवाहको मौसम आएसँगै अविवाहित अभिनेत्री होस् या अभिनेताको विवाहको चर्चा शुरु भइहाल्छ। कसैको चर्चामै सीमित हुन्छ भने कसैको जोडी बाधिइन्छ पनि।

अभिनेत्री  ऋचा शर्माले विवाह गर्ने हल्ला चलेको पनि लामै समय भइसक्यो तर अब भने यो हल्लामा मात्रै सीमित नरहने भएको छ। उनलाई निकटका साथीहरुले विवाहको मुखैमा दिइने ब्याचलर पार्टी पनि दिइसकेका छन्।

ऋचाले आफ्नो हुनेवाला श्रीमान् भने सार्वजनिक गरेकी छैनन्। तर उनी लामो समयदेखि दिपेक्ष्य राणाको प्रेममा थिइन्। भित्रिया स्रोतको कुरा पत्याउने हो भने उनले राणासँग मंसिरमा विवाह गर्ने पक्कापक्की भइसकेको छ।

Leave A Comment