रियालिटी चेक: सनिशलाई फापेन लाइभ राउण्ड, रामको अभिनय, मक्ख रजनी

शुक्रबार, २९ कार्तिक २०७६, ०९ : १५ शुक्रवार
रियालिटी चेक: सनिशलाई फापेन लाइभ राउण्ड, रामको अभिनय, मक्ख रजनी

भ्वाइस अफ नेपाल सिजन २ को लाइभ राउण्ड सनिश श्रेष्ठका लागि त्यत्ति फापेन। लाइभ राउण्डमा प्रतिस्पर्धीले प्रस्तुति दिँदै भोट माग गरिरहेका छन्। दर्शकले भोटिङका आधारमा अगाडि बढ्ने मोडमा पुगेका सनिशले गीतको बोलै बिर्सँदा कोचको गाली खाए।

कोच राजुको टिमबाट लाइभ राउण्डमा आएका उनले ‘माया संसार’ बोलको गीत गाएका थिए। गीत गाउदा गाउँदै गीतको शब्द नै भुलिदिए। शब्द भुलेपछि कोचको राम्रै गाली खाने नै भए, खाए।

लाइभ राउण्डको पहिलो प्रस्तुति मेचु धिमालले दिएकी थिइन्। कोच प्रमोदको टिममा रहेकी मेचुले दर्शकको मन जितेकी छन्। दार्जेलिङकी यान्की याल्मोले ‘केही मीठो बात गर’ गाएकी थिइन्। कोच आस्था राउतको टिममा समावेश रहेकी उनको गायनलाई नकार्न सकिँदैन। उनको प्रस्तुति निकै दमदार थियो। 

दर्शकले बलबहादुर राजवंशीलाई पनि उत्तिकै रुचाएका छन्। कोचले त रुचाएका नै थिए। उनी सबै खाले गीत गाउन सक्ने क्षमता भएका प्रतिस्पर्धीको रुपमा देखिएका छन्।

रामको अभिनय
प्रतिस्पर्धीहरुमध्ये सबैको ध्यान खिच्न सफल भए राम लिम्बू। उनले परदेश जाँदाको पीडालाई अभिनयमार्फत देखाए। परदेश जाँदा आफ्नी प्रेमीलाई छोडेको जुन दृश्यले दर्शकको मन तान्यो। उनको गायनसँगै अभिनय समेत देखेर कोचहरुले उठेर सम्मान गरे। कोच दीपले त ओर्जिनल गायक हेमन्त रानाको भन्दा राम्रो गाएको भन्दै तारिफ गरे।  उनी ‘प्रफमर अफ द डे’ समेत भए।

लाइभ राउण्डको दोस्रो दिन सिक्किमी गीता शर्माले कोचहरुको राम्रै तारिफ पाइन् भने झापाका विकास लिम्बूको त्यत्ति प्रशंसा भएन। उनको प्रस्तुति त्यत्ति नजमेपछि कोच दीपले आफैँले गीत छानेर गाएको हो तर स्वर फिट भएन भने।

कोच राजुको टिमबाट थिइन् प्रतिस्पर्धी अन्जु रानामगर। उनको गायिकीलाई अतिथिले विदेशी जस्तो आवाज भनेर तारिफ गरिदिए। सञ्जय महत अर्का दरिला प्रतिस्पर्धी  देखिए। उनले ‘कसरी ’ बोलको गीत गाएका थिए।

मक्ख रजनी
अर्की प्रतिस्पर्धी रजनी रिदम राईले ‘म प्यार बेचि दिन्छु’ बोलको गीत गाएपछि कोच आस्थाले उनको तारिफ गर्न थालिन्। कोच दीपको टिममा समावेश रहेकी रजनीलाई प्रमोदको अहिलेसम्मकै उत्कृष्ट गीत गाएको बताए। चारैजना कोचले रजनीको गायनलाई उत्कृष्ट मानेका थिए। लाइभ राउण्डको दोस्रो दिनको ‘प्रफमर अफ द  डे ’ उनी नै भइन्।

Leave A Comment