जोखिममा शिल्पा

शनिबार, ३० कार्तिक २०७६, १२ : १७ शुक्रवार
जोखिममा शिल्पा

सर्वोच्च अदालतको अन्तरिम आदेशबाट बहुविवाहको जाहेरीमा अनुसन्धानका लागि पक्राउ पर्नबाट जोगिदै आएकी अभिनेत्री शिल्पा पोखरेल संकटमा परेकी छन्। सर्वोच्चले आफूले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेपछि प्रहरीका लागि अब उनलाई पक्राउ गर्ने बाटो खुलेको छ।

निर्माता छवि ओझासँग विवादपछि सम्बन्ध विच्छेदको प्रक्रियामा गएकी शिल्पा र छविविरुद्ध छविकी पहिली श्रीमती हेमाकुमारी ओझाले महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको जाहेरी दर्ता गराएपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट दुवैलाई पक्राउको अनुमति लिएको थियो।

हेमाले आफू छविको जेठी श्रीमती भएको र आफ्नो वैवाहिक सम्बन्ध कायम रहँदारहँदै छवि र शिल्पा आपसमा विवाह गर्नु बहुविवाह भएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। शिल्पाले छविसँग छोडपत्रका लागि जे प्रमाण राखेकी थिइन्, हेमाले त्यसैलाई टेकेर बहुविवाहको जाहेरी दिएकी थिइन्।

अदालतबाट पक्राउ पूर्जी जारी भएसँगै प्रहरी छवि–शिल्पाको खोजीमा खटिएपछि उनी पक्राउको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेकी थिइन्। पाटनले उनको निवेदन अस्वीकार गरेपछि सर्वोच्च अदालत गएकी थिइन्। पछि सर्वोच्चले तत्कालका लागि पक्राउ नगर्न आदेश दिएको थियो। 

आदेश आएपछि शिल्पा सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुन थालेकी थिइन् तर मंगलबार सो आदेश खारेज भएसँगै अब उनी र छवि पक्राउ पर्ने जोखिम बढेको छ।

Leave A Comment