निरुता सिंहले नेपाली फिल्म इन्डस्ट्रीमा एक दशक राज गरिन्। फिल्म ‘दक्षिणा’बाट अभिनय थालेकी उनको सर्वाधिक हिट फिल्म ‘दर्पण छायाँ’ हो। इन्डस्ट्रीबाट ब्रेक लिएको आठ वर्षपछि फेरि उनले ‘नाई नभन्नु ल ५’बाट कमब्याक गरिन्। अहिले पनि उनी पर्दामा नियमित देखिन थालेकी छन्। पछिल्लो समय मह सञ्चारले बनाएको फिल्म ‘दालभात तरकारी’मा देखापरिन्। उनले भुवन केसीसँग अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा पनि कम्मर मर्काइन्। पछिल्लो पटक नेपाल आउँदा उनलाई डेङ्गु लागेको थियो। हालै वीरगंजमा सम्पन्न ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा निरुतासँग शुक्रवारकर्मी रीता मोक्तानले डेङ्गुसँग लड्दाको पीडा र इन्डस्ट्रीबाट ब्रेक लिनुको कारण लगायतका विविध विषयमा गरेको कुराकानीः
यसपालि नेपाल आउन कसरी जु-यो ?
निर्माता आकाश अधिकारीले यस्तो ‘स्वर्णिम महोत्सव’मा मलाई सम्झनु भयो। अनि म त दौडेर आएँ। वीरगंजमा त मैले भोजपुरी फिल्मको सुटिङ गरेकी थिएँ। किशोर राणाले निर्देशन गरेको भोजपुरी फिल्म ‘कब होए मिलनवा हमार’मा रवि किसन र मैले अभिनय गरेकी थिएँ। फिल्म एकदमै हिट भएको थियो।
फिल्मको पर्दामा पनि देखिरहनुहुन्छ। यो इन्डस्ट्रीको मायाले बाँधेको छ है तपाईँलाई ?
आज निरुता सिंह जे छ, यही इन्डस्ट्रीको कारणले छ (मुसुक्क हाँस्दै)। यो इन्डस्ट्री भनेको मेरो मन्दिर हो। म त मर्नु पनि यही इन्डस्ट्रीकै क्यामेरा अगाडि मरौं भन्ने हुन्छ। आज पनि जब म मुम्बईबाट नेपाल आउँछु, प्लेनमै यस्तो एक्साइटेड हुन्छु कि, कुरै छाडौँ ! मलाई सधैँ नेपाल एयरलाइन्सको फ्लाइट गरिदिनु भन्छु। त्यहाँबाट आउँदा सबै जना नेपाली भेट्छु। त्यतिबेला म आफ्नै घर आउँदैछुजस्तो अनुभव हुन्छ। काठमाडौं एयरपोर्टमा आएर जब जमिन ढोग्छु अनि मलाई लाग्छ यो मेरो ठाउँ हो। हरेकपल्ट जब यहाँ आउँछु, त्यही अनुभव हुन्छ। यो माया त जिन्दगीभरको लागि हो। यो माया भएन भने निरुता सिंह, निरुता सिंह होइन। मेरो अस्तित्व नै रहँदैन।
बम्बईमा तपाईं के गर्नुहुन्छ ?
हो, एउटा प्रोडक्सन हाउसमा काम गर्छु। त्यहाँ पनि त्यस्तै हो, बिहानैदेखि काममा व्यस्त हुन्छु म। म दुनियाको जुनसुकै ठाउँमा बस्न सक्दिनँ। म नेपाली फिल्म इन्डस्ट्रीमा दस वर्ष बिताएको मान्छे। मलाई फिल्म र फिल्म रिलेटेड विषयमा प्रेम छ। यही कारणले म बम्बईमा बस्न सक्छु। बम्बईमै बसेर पनि म नेपाली फिल्म इन्डस्ट्रीको प्रतिनिधित्व गरिरहेकी हुन्छु। प्रोडक्सन हाउसका कतिले मलाई यो त नेपालको स्टार हो भनेर चिन्छन्। उनीहरुले मलाई त्यही किसिमको आदर दिन्छन्। उनीहरुलाई म नेपाली गीत, फिल्म देखाउँछु। लास्ट टाइम प्रोडक्सन हाउसमा एकजना व्यक्तिले हनुमान चालिसाको गाना बनाउने कन्सेप्ट मलाई सुनाउनु भयो। मैले पनि एउटा कन्सेप्ट सुनाएँ। उहाँलाई मेरो कन्सेप्ट मनपरेछ। अब फर्केर त्यही गीतलाई निर्देशन गर्छु। म प्रोडक्सन हाउस ‘वाइ स्टार फिल्म’मा एडभाइजरको रुपमा काम गर्छु। त्यहाँबाट सर्ट फिल्म, वेब सिरिज, रिजनल फिल्महरु बन्छन्।
बम्बईमा रहेका नेपालीको माया पनि बटुल्न भ्याउनुहुन्छ है ?
त्यहाँ हुनुभएका नेपाली दर्शकले उहाँ त हाम्रो हिरोइन भनेर भन्नुहुन्छ। त्यहाँको नेपालीले तिमीहरुको यहाँको ऐश्वर्या छ नि त्यस्तै हो भनेर मलाई चिनाउँछन्। खुशी लाग्छ। त्यहाँको फिल्म इन्डस्ट्रीमा एउटा ढुङ्गा हान्यो भने एकजना नेपालीलाई त पर्छपर्छ। त्यो हेर्दा यति खुशी लाग्छ नि ! बालाजी प्रोडक्सन हाउसमा त पूरै नेपाली छन्। जहाँ पनि टेक्निसियनमा नेपाली नै नेपाली देख्छु म त।
नेपाल नै फर्किउँ लाग्दैन ?
यहाँबाट छोडेर गा’को होइन नि ! म यहीँकी हुँ, यहीँ छु। केही समयको लागि त्यहाँ छु। आउजाउ त भइरहन्छ। यहाँबाट कसैले बोलायो भने के–कसो भनेर नसोधी दौडिहाल्छु।
‘क्याप्टेन’ फिल्मको प्रचार ताका डेङ्गु लागेर बिरामी हुनुभयो। रिकभर हुन कति समय लाग्यो त ?
‘दाल भात तरकारी’को डबिङ गर्दागर्दै बिमार भएँ। बम्बई गएपछि त तीन महिना त बेडमै थिएँ। हिँड्न सक्ने अवस्था नै थिएन। मैले सोचेकी पनि थिइनँ, यसरी फेरि नेपाल आएर रमाउन सक्छु। तीन महिना त मेरो खुट्टा पनि चलेन। यस्तो लाग्थ्यो, मेरो अन्त्य त अब यही रहेछ। नेपालगञ्जबाट आउने बित्तिक्कै ढाड दुख्यो। पेन किलर खाँदै बसेँ। ‘क्याप्टेन’को प्रिमियर हुने दिन त हिँड्न नसक्ने भएँ, अनि भमिटिङ हुन थाल्यो। मलाई एकदमै डर लाग्यो। बम्बईको फ्लाइट पक्डेर डाक्टरलाई देखाइहालेँ। डाक्टरले डेङ्गु लागेको बताए। हस्पिटल बसेको २५ दिनसम्म पनि मेरो हातखुट्टा चल्नै छोड्यो। विभिन्न चेकअप भयो। २० घण्टा नै मलाई दुख्यो। हेभी डोजको पेन किलर खाएँ। हातखुट्टा कामेको काम्यै हुन्थ्यो। डेङ्गु पनि छैन, अब केही रोग छैन भनेर डिस्चार्ज गरिदिए। डिस्चार्ज हुँदा म त ह्विलचेयरमा बस्नु प-यो। त्यसपछि सिलिगुढीको घरमा तीन महिना म बेडमै भएँ। खुट्टा उचाल्न सक्दिन थिएँ। बाथरुप पनि जान सक्दिन थिएँ।
दार्जिलिङबाट कलाकार बन्न र भविष्य खोज्न काठमाडौँ आउँदा मलाई त कत्ति खुशी लाग्छ ! मलाई त ममा नै सीमित हुने हो कि भन्ने लाग्थ्यो। तर आउने जाने मात्र नहोस्। आएर आफ्नो स्थान बनाओस् भन्ने लाग्छ। दार्जिलिङको मात्र होइन, जो पनि नव प्रतिभा इन्डस्ट्रीमा आए पनि उहाँहरुले पहिला इन्डस्ट्रीलाई बुझेर आए हुन्थ्यो भन्ने लाग्छ। आफ्नो प्रतिभाले यहाँ टिक्न आउनुस्। म ब्रेक पाउनको लागि जे पनि गर्छु भन्ने मानसिकता लिएर न आउनुस्। अर्कोतिर म त भाग्यमानी थिएँ, मेरो स्टार बलियो थियो।
तीन महिना बेडमा, हैे ?
मेरो बेड वरिपरि घरका सबैजना मलाई घुरेर बस्नु हुन्थ्यो। मेरो शरीर यति दुख्थ्यो नि, म पूरा दिन आइयाआइया भनेर बस्थेँ। यति सारो दुख्यो अब यसरी नै शरीर दुख्ने हो भने म सक्दिनँ। म सुसाइड गर्छु भन्ने स्थितिमा पुगेकी थिएँ। त्यो तीन महिनामा जुन दुखाईँ सहेँ, कि लाग्थ्यो, भगवान् म एक मिनेटकै लागि फेन्ट हुन पाए पनि दुखाई सहनु पर्थेन। मेरो परिवारले त आश नै मारिसकेको थियो। यसको जिन्दगी त गयो भनेर ठान्नु हुन्थ्यो। सायद लेखेको थियो, यो हुनलाई। तर मलाई त्यो बेला पनि इन्डस्ट्रीको सबैजनाले वेल विस गर्नुहुन्थ्यो। मेरो भान्जीले सामाजिक सञ्जालतिरको त्यो वेल विस देखाउँथी। बाँच्छु भन्ने आश नै थिएन। मेरो बाबा, आमा, दिदी मेरो वरिपरि बस्नुहुन्थ्यो। कतिखेर के होला भनेर उहाँहरु बस्नुहुन्थ्यो। मेरो बाबा बेडको छेउमा आएर रुनु हुन्थ्यो। दैनिक घरमा फिजियोथेरापी हुन्थ्यो। भगवान् मलाई यो दुखाई कम होस् भनेर कामना गर्थें म। अहिले निको भएर तपाईँहरुको बीचमा छु।
पछिल्लो समय दार्जिलिङका कलाकारले नेपाली फिल्ममा भविष्य खोज्दै आउनुभयो तर उहाँहरु अर्को निरुता सिंह बन्न सक्नु भएन नि ?
दार्जिलिङबाट कलाकार बन्न र भविष्य खोज्न काठमाडौँ आउँदा मलाई त कत्ति खुशी लाग्छ ! मलाई त ममा नै सीमित हुने हो कि भन्ने लाग्थ्यो। तर आउने जाने मात्र नहोस्। आएर आफ्नो स्थान बनाओस् भन्ने लाग्छ। दार्जिलिङको मात्र होइन, जो पनि नव प्रतिभा इन्डस्ट्रीमा आए पनि उहाँहरुले पहिला इन्डस्ट्रीलाई बुझेर आए हुन्थ्यो भन्ने लाग्छ। आफ्नो प्रतिभाले यहाँ टिक्न आउनुस्। म ब्रेक पाउनको लागि जे पनि गर्छु भन्ने मानसिकता लिएर न आउनुस्। अर्कोतिर म त भाग्यमानी थिएँ, मेरो स्टार बलियो थियो। कति राम्रो निर्देशकसँग काम गरेर फिल्म पनि हिट हुँदैन। जे लेखेको हो, त्यो हुँदोरहेछ। म त पहिला मलाई कसरी हिरोइन लेको होला भनेर सोच्थें। आफ्नो एक्टिङ देखेर लाज लाग्थ्यो। जहिलेतहिले इन्डस्ट्रीमा काम पाइन्छ भन्ने छैन। मैले जुन दिनदेखि यो इन्डस्ट्रीमा काम गरें त्यसपछि पछाडि फर्कनु परेन। फिल्म नै बन्दैन थियो, त्यो समयमा। अब दार्जिलिङका कलाकारले त अब पूरै घर लिएर नै बस्नुपर्छ। टिक्न धेरै गाह्रो छ तर म भाग्यमानी भएँ यस कुरामा। सायद उहाँहरुको सवालमा त्यस्तो भएन होला।
२५ वर्ष भयो इन्डस्ट्रीमा काम गर्नु भएको। हिजो इन्डस्ट्रीमा काम गर्दा र आज काम गर्दा के फरक पाउनुहुन्छ ?
त्यो टाइममा काम गर्दा त म नयाँ थिएँ। केही जान्दिन थिएँ। क्यामेरा एङ्गल भनेको के हो, फिल्म भनेको के हो भनेर पनि थाहा थिएन। त्यो बेला भुवन दाइको हामी फ्यान ! दार्जिलिङमा चिन्ने भनेको भुवन केसी ! अब फस्ट फिल्म ‘दक्षिणा’मा भुवन दाइसँग काम गर्ने भनेपछि म त लक्की भइन त ? म नयाँ थिएँ। भुवन दाइले मलाई सिकाउनुभयो। म एकदम धन्यवादी छु भुवन दाइप्रति। तुलसी घिमिरे त मेरो निर्देशक गुरु। मेरो रिहर्सलमा मलाई भुवन दाइले धेरै सिकाउनु हुन्थ्यो। त्यो बेला अनमोललाई काखमा खेलाएको सम्झिन्छु। २५ वर्षपछि अनमोलसँग ‘क्याप्टेन’मा काम गर्ने मौका पाएँ। काखमा खेलाएको त्यो बच्चा सँगसँगै नाच्दा रमाइलो लाग्यो। यत्तिका वर्षमा टेक्निकल्ली सबै कुरामा फरक आयो। त्यो बेला सिक्सटिनमा खिचिन्थ्यो। एउटा क्यामेराम्यानले त्यो आइक्यापबाट जे देख्थ्यो, त्यही नै फिल्म थियो। त्यसबाहेक अरु केही थाहा हुन्थेन। फिल्ममा के खिचिरहेको छ भनेर केही थाहा हुँदैनथ्यो। क्यामेराम्यानले ओके भनेपछि ओके ! अहिले त मोनिटरमा हेर्न पाइन्छ। अहिले सबै डिजिटलाइज भएको छ। अब अहिले त युट्युब भन्यो, टिकटक भन्यो। यस्तो देख्दा अहिले नेपाली फिल्म इन्डस्ट्री कहाँ आइपुग्यो जस्तो लाग्छ।
हातमा कुनै नेपाली फिल्म छ कि छैन ?
छैन। बिमार भएर हो कि, अहिले फिल्मको कुरा नै छैन। अहिले निको भएर सबैलाई भेट्न पाएँ। म त मरेर अर्को जन्म पाएको अनुभव गर्दैछु। फिल्म पायो भने पनि ठीक छ, नपाए पनि ठीक छ। अब राम्रो फिल्मको अफर आयो भने खुट्टा उचालेर बस्छु।
कस्तो क्यारक्टरमा काम गर्ने मन छ ?
आज पनि मलाई सिक्नुपर्ने धेरै कुरा छ जस्तो लाग्छ। मेरो फस्ट फिल्म ‘दक्षिणा’देखि पछिल्लो समय गरेको ‘दाल भात तरकारी’ र ‘क्याप्टेन’को ‘कर्ली कर्ली कपाल’ बोलको गीत हेर्दा अझै सिक्न बाँकी रहेछ ! सिक्न नपाई मर्छु कि क्या हो जस्तो लाग्छ। अहिले पनि सायद मैले चाहेको कति कामहरु गर्नै सकेको छैन। मैले त्यो खालको फिल्म पाइनँ कि सायद के हो, अहिले पनि त्यस किसिमको आर्टिस्टको भोक छँदैछ।
वर मैले मागेर वा सोचेर हुँदैन। मलाई कस्तो वर चाहिन्छ भने, उससँग पैसा रुपैयाँ मात्र भएर हुँदैन। संस्कार हुनु बेहद जरुरी छ। आफूभन्दा सानोलाई माया गर्ने र ठूलालाई आदर गर्ने हुनुप-यो। श्रीमानश्रीमती भन्दा पनि राम्रो साथी भएर एकअर्कालाई आदर गर्न सक्नुपर्छ।
कस्तो खालको भोक ?
काम गर्ने भोक। काम, काम। यो होइन कि अहिले मेरो एजले कलेज गर्लको क्यारेक्टर खोज्छ। त्यो खालको होइन। मेरो उमेरलाई सुट हुने राम्रो खालको वुमन पावर देखाउन मिल्ने फिल्म गर्ने मन छ। जस्तै ‘मम’, ‘इंग्लिश विङ्लिस’ भन्ने हिन्दीमा बन्यो। त्यस किसिमको फिल्म जुन हिरोइन ओरेन्टेड हुन्छ। तब्बुले ‘दृश्यम्’ जस्तो फिल्ममा काम गर्ने मन छ। मेरो अहिलेको उमेर सुट हुने क्यारेक्टरको काम गर्न तत्पर छु। जति गरे पनि कलाकारमा एउटा प्यास भन्ने हुन्छ। सायद त्यो प्यास ममा पनि छ।
कलाकारितामा यत्तिका सफल भएपछि फिल्म निर्देशन गरुँ जस्तो लाग्दैन ?
निर्देशक हुनु भनेको ठूलो जिम्मेवारी हो। त्यो रमाइलो विषय पक्कै होइन। उसको हातमा सब कुरा हुन्छ। मैले यत्रो वर्ष काम गरेँ, फिल्म निर्देशन गर्ने आँट छैन। मलाई आज पनि जान्दिनँ भन्ने लाग्छ।
मलाई के बेस्वाद लाग्छ भने एक दिन क्ल्याप ठोकेको भरमा अर्काे दिन डाइरेक्टर हुन्थ्यो। त्यसले गर्दा हाम्रो फिल्म मेकिङको माहोल बिग्रेको छ। फिल्म मेकिङमा लाखौं खर्च हुन्छ। फिल्म मेकिङलाई म मजाकमा लिदिनँ। जुन दिन मलाई लाग्छ, म फिल्म निर्देशन गर्न सक्छु नि, त्यस दिन एउटा राम्रो फिल्म गर्छु। एउटा असिस्टेन्टको भरमा फिल्म बनाउन चाहन्नँ म। अहिले प्रोडक्सन हाउसबाट हनुमान चालिसाको निर्देशन गर्छु भन्दा त मलाई कसरी गर्ने होला भन्ने हुन्छ ! किनकि मलाई हरेक कुरामा १०० प्रतिशत नै दिनुपर्छ।
तपाईँले इन्डस्ट्रीबाट २००८ तिर ब्रेक लिनुभयो। खास कारण के थियो ?
जुन टाइममा मैले छोडेँ नि, इन्डस्ट्रीको स्थिति कमजोर थियो। जो पनि निर्देशक बन्ने, एक दिन सुटिङ हेरेको छैन, अर्को दिन निर्देशक। जो पनि प्रोड्युसर बन्ने। अब निर्देशक र निर्माताले यो इन्डस्ट्रीलाई ऐ्ययासीको अखडा बनाए। यो इन्डस्ट्रीमा हिरोइन च्यापेर मजा गर्न आउने मानसिकता भएको मान्छेहरु बढे। इन्डस्ट्री त मन्दिर हो। अब मन्दिरमा यस्तो भएको देख्न सकिनँ मैले। बदनाम भएको इन्डस्ट्री हेर्न मैले सकिनँ। दुईचार जनाले गर्दा हाम्रो इन्डस्ट्रीको नाम बदनाम भएको छ। इन्डस्ट्री भनेपछि बदनामको लाइन हो भन्छन्। कति जनाको परिवारले इन्डस्ट्रीलाई जान दिन्नन्। यो ठाउँलाई आफ्नो क्षणिक मतलबको लागि बदनाम गराएको देख्दा मलाई चित्त दुख्यो। त्यसैले इन्डस्ट्रीबाट मैले ब्रेक लिनुपर्छ भन्ने भयो। अनि म बम्बई गएँ। ६ महिनाको इन्टेरियर क्लास गर्छु भनेर गाको तर भएन। त्यसपछि प्रोडक्सन हाउसहरुमा जोडिएँ। त्यसपछि इन्डस्ट्रीमा भएको परिवर्तन देखेर गौरव लागेर आयो। इन्डस्ट्रीका बारेमा सोच्ने नयाँ जेनेरेसन आओस् भन्ने लाग्थ्यो, आफ्नो प्रतिभाले यहाँ टिकोस्, न कि ऐ्ययासीको अखडा बनाएर बसोस् ! अहिलेका हिरो हिरोइनहरु पढेकाहरु छन्। उनीहरु राम्रो परिवारको छन्। अहिले इन्डस्ट्रीमा परिवर्तन आएको छ। हामी त सुरुवात मात्र थियौं। आउने भाइबहिनीले यो इन्डस्ट्रीले राम्रो गरोस् भन्ने चाहना छ। अहिले त फिल्महरु पनि राम्रा बन्न थालेका छन्। अहिलेको फिल्मको क्वालिटी यति छ कि मैले साथीहरुलाई पनि देखाउने गरेकी छु।
इन्डस्ट्रीलाई चट्टक्कै छोडेर जाँदा के मिस गर्नुभयो ?
ओहो ! कुन दिन, कुन सेकेण्ड होला मैले मिस नगरेको ! इन्डस्ट्री धेरै मिस हुन्थ्यो। म सुटिङमा पहिला ह्यान्डी क्याम लिएर जान्थेँ। सुटिङको माहोल त्यसमा खिच्थेँ। त्यो मोमेन्ट अझै पनि मसँग छ। ती पलहरु सम्झदा पनि आँखामा आँशु आउँछ।
तपाईँलाई त्यो बेलाको फिल्म मनपर्छ कि अहिलेको ?
त्यो बेला फिल्मको गोल्डेन एज थियो। अहिले पनि राम्रो फिल्म बन्न थालेको छ। त्यो बेला पनि राम्रा नराम्रा दुवै किसिमका फिल्म बन्थे। अहिले पनि दुवै किसिमका फिल्म बन्छन् तर त्यो बेलाका फिल्ममा सेन्टिमेन्ट थिए।
तपाईँलाई जहिल्यै रोनाधोना गर्ने भूमिकामा दर्शकले रुचाए। ‘दाल भात तरकारी’ पनि केही त्यस्तै थियो। तपाईँलाई रोनाधोनाको बाहेकका भूमिकामा देख्न सकेनन् कि के हो ?
सायद मलाई त्यही भूमिकामा रुचाइदिनु भयो। मलाई त दर्शकले सधैँ हाम्रै घरकी बुहारी, छोरी, दिदी, बहिनी हो भन्ने नजरले हेर्नुभयो। मेरो फिल्मको सुटिङमा ७०/८० वर्षका बूढाबूढी भेला हुनुहुन्थ्यो। उहाँहरुले यो त हाम्री चेली हो भनेर टीका र मालाले स्वागत गर्नुहुन्थ्यो। सायद ती भूमिका नगरेको भए मलाई दर्शकले त्यस्तो अपार माया गर्नु हुन्न थियो होला। त्यस्तो माया पाउँदिन थिएँ होला। जुन पाएँ, त्यसमा म खुशी छु। त्यो समयमा त्यस्तै खालको पारिवारिक फिल्म बन्थ्यो।
अहिले व्यवसायिक मात्र फिल्म नबनेर समानान्तर फिल्महरु पनि बनिरहेका छन्। तपाईँ त्यस्ता टिमसँग काम गर्न तयार हुनुहुन्छ ?
हजुर, किन नगर्नु ? कलाकारले पनि समयअनुसार चेन्ज हुनैपर्छ। हामीले आफूलाई अपडेट गर्नैपर्छ। म पुरानो धारको हुँ, मलाई पुरानैजस्तो भूमिका चाहिन्छ भनेर अक्कड लिएर बसेँ भने पछाडि नै रहन्छु। म त नयाँ जेनेरेसनसँग सिक्न चाहन्छु।
२५ वर्षपछि झनै सुन्दरी देखिनुको राज ?
अरे वाह ! त्यो त हेर्नेको आँखामा भर पर्ने कुरा हो। फूल आँखामा फूलै संसार (हाँस्दै)।
तपाईँलाई बिहे कहिले भन्ने प्रश्नले पछ्याएको धेरै भयो है ?
म यो प्रश्न सोध्दा माइन्ड पनि गर्दिनँ। आइ इन्जोय दिस कोइसन किनभने दर्शकले मलाई माया गर्नुहुन्छ। उहाँहरुको मायाले म निरुता बनेँ। सबैलाई अधिकार छ कि निरुताले कहिले बिहे गर्छे भन्ने जान्न। जन्म, मृत्यु र विवाह माथिबाटै लेखेर आएको हुन्छ। अब जुन टाइममा जुन व्यक्तिसँग जुरेको छ, त्यहीसँग हुन्छ। मेरी आमा दुर्गा सिंह, बुबा गोपाल सिंहकी छोरी हुनु थियो मलाई। अब मेरो बिहे कुन दिन कोसँग कुन समयमा दुनियाको कुन कुनामा बसेको मान्छेसँग हुने हो, त्यो म पनि कुरिरहेकी छु। जन्मनुजस्तै बिहे र मर्नु पनि लेखेरै ल्याएको हुन्छ। हेरौँ के हुन्छ !
कस्तो वर सोच्नु भएको छ ?
वर मैले मागेर वा सोचेर हुँदैन। मलाई कस्तो वर चाहिन्छ भने, उससँग पैसा रुपैयाँ मात्र भएर हुँदैन। संस्कार हुनु बेहद जरुरी छ। आफूभन्दा सानोलाई माया गर्ने र ठूलालाई आदर गर्ने हुनुप-यो। श्रीमानश्रीमती भन्दा पनि राम्रो साथी भएर एकअर्कालाई आदर गर्न सक्नुपर्छ।
गीत पनि गाउने गर्नुहुन्छ। आवाज पनि यति मीठो छ।
गाना त मलाई एक्टिङमा भन्दा पनि बढी मनपर्छ। गीत बजेपछि म दुनियाँ बिर्सिन्छु। कुनै ग्यादरिङमा गाना गाउनु प-यो भने दुनिया बिर्सेर गाउँछु। आवाज राम्रो होस् कि नहोस्, म चालु भइहाल्छु। (हाँस्दै)
Leave A Comment