स्तन घटाउने एक्सरसाइज

बुधबार, ०४ मङि्सर २०७६, ०१ : १६ शुक्रवार
स्तन घटाउने एक्सरसाइज

डा. डीबी सुनुवार
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

स्त्रीलाई प्रकृतिको सुन्दरताको प्रतीकको रुपमा लिइन्छ। महिलालाई सुन्दरता बढाउन  सहयोग पु-याउने विभिन्न अंगमध्ये स्तन पनि एक हो। मिलेको आकारको स्तनले महिलाको सुन्दरतालाई बढावा दिन्छ। नमिलेको स्तनको आकारले एक त महिलालाई शारीरिकरुपमा असहजता हुन्छ भने मानसिकरुपमा समेत तनाव उत्पन्न हुने जोखिम हुन्छ।

सामान्यतः १२ देखि १८ वर्ष उमेर समूहसम्म महिलाको स्तनको वृद्धि–विकास हुन्छ। पाको उमेर हुँदै जाँदा स्तनको आकार घट्दै (सानो हुँदै) जान्छ। सामान्यतः महिलामा ६५ देखि ७५ वर्षसम्ममा स्तनको आकार घट्न सुरु हुन्छ।

स्तनको आकार बढ्नुमा ‘स्ट्रोजेन’ हार्मोनको भूमिका अत्यन्तै ठूलो हुन्छ। त्यसैले यो हार्मोन चिकित्सकको सुझावमा सन्तुलितरुपमा राख्न सकिन्छ। जसले स्तनको आकार अनावश्यक रुपमा भद्दा हुन पाउँदैन।

‘इस्ट्रोजेन’ र ‘प्रोजेस्टेरोन’ हार्मोन बढेसँगै स्तनको आकार बढ्दै जान्छ। पाको उमेरमा यी हार्मोन निस्क्रिय हुँदै जाने भएकाले स्तनको आकार घट्दै जान्छ। सबै महिलाको स्तन मिलेको हुन्छ नै भन्ने छैन। विशेष गरी हार्मोनको गडबडीले स्तनको आकार सानो–ठूलो तथा नमिलेको आकारको हुन पुग्छ।

कतिपय महिलाको भने सुगर, हार्मोनसम्बन्धी समस्याजस्ता कारण स्तनको आकारमा समस्या उत्पन्न हुन सक्छ। सामान्यतः किशोरी अवस्थामा स्तन टाइट हुने भए पनि प्राकृतिक रुपमै अधिकांश महिलाको स्तन झोलिएको हुन्छ।

विशेषगरी यौन क्रियाकलाप गर्ने क्रममा स्तन चलाउने हुँदा झोलिँदै जान्छन्। यौन क्रियाकलाप गरिरहेको अवस्थामा भने हार्मोनको उत्तरचढाव हुने भएकाले स्तनका मांशपेशी फुलिएर कसिलो भई टाइट मात्रै हुँदैनन्, स्तनको आकारै बढ्छ।

यी त भए स्तन सानो–ठूलो तथा नमिलेको आकारमा हुने कुरा। अब चर्चा गरौं स्तन मिलेको आकारमा ल्याउने उपाय बारे।

‘ब्रा’को प्रयोग
सानो स्तनलाई ठूलो तथा मिलेको आकारमा ल्याउने विभिन्न उपाय छन्। सामान्यतः स्तन मिलेको आकारमा ल्याउने किसिमको ‘ब्रा’ को प्रयोग गर्नाले स्तन मिलेको आकारमा ल्याउन सकिन्छ। कतिपय ‘ब्रा’ सानो स्तनलाई ठूलो देखाउनकै लागि बनाइएको हुन्छ। जसले स्तनलाई माथिपट्टि उचालेर स्तन ठूलो देखाउन मद्दत गर्छ।

सानो स्तनलाई ठूलो देखाउने मात्रै नभएर ठूलो स्तनलाई मिलेको आकारमा ल्याउन समेत ‘ब्रा’ले सहयोग गर्छ। टाइट ‘ब्रा’ लगाउनाले समेत स्तन बढाउने तन्तु (टिस्यु) को विकास कम हुनसक्ने भएकाले स्तन ठूलो तथा भद्धा हुनबाट बच्न सकिन्छ। यसका लागि फिटिङ साइजको ‘ब्रा’ लगाउनु उपयुक्त हुन्छ। खुकुलो हुँदै जाने भएकाले स्तन ठूलो बनाउन नचाहने महिलाले सँधै एउटै ‘ब्रा’ लगाउनु उचित हुन्न। ‘ब्रा’ स्तन मिलेको आकारमा ल्याउने स्थायी विधि भने हैन।

मालिस
त्यसैगरी मसाज गरेर सानो स्तन मिलेको आकारमा ल्याउन सकिन्छ। हाम्रो शरीरको रक्त प्रवाह खुट्टातर्फको भागबाट शीरतर्फ हुन्छ। त्यसैले जडिबुटीजन्य मसाज तेल तथा मसाज क्रिम लगाएर स्तनको मुनिपट्टिबाट मसारेर मसाज गर्नाले स्तन मिलेको आकारमा ल्याउन सकिन्छ।

आफैँ वा अरु व्यक्तिले यसरी मसाज गर्न सकिन्छ। आफैँले वा अन्य व्यक्तिले मसाज गर्दा दुवै हातमा क्रिम वा तेल लिनु पर्छ। त्यसपछि पालैपालो दुवै हातले स्तनलाई हल्का थिचेर उचाल्दै तलदेखि स्तनको मुन्टोसम्मै मसाज गर्दै–छोड्दै गर्नु पर्छ। दुवै स्तन दैनिक करिब १०÷१० पटक मसाज गर्नाले सानो स्तन मिलेको आकारमा ल्याउन सकिन्छ। दुवैतर्फका स्तन बराबरी समय मसाज नगरेको खण्डमा स्तनको आकार फरक–फरक हुने जोखिम हुन्छ।

झोलिएका स्तनलाई समेत मसाज गरी कसिलो गर्न सकिन्छ। दैनिक मसाज गर्नाले स्तनका मांशपेशी कसिलो भई स्तन कसिलो हुन्छ। यसरी झोलिएको स्तन कसिलो बनाउँदा भने स्तनको मुनिपट्टितिरको भागबाट माथितर्फ उठाउनु पर्छ। जसले स्तन ठाडोपरी कसिलो र मिलेको आकारमा आउन मद्दत गर्छ।

विभिन्न योगासन गरी स्तन कसिलो बनाउन सकिन्छ। छाति फुलाएर स्वास फेर्दै छोड्नाले छाति तथा स्तनको मांशपेशी फुली स्तन कसिलो हुन पुग्छ। त्यति मात्रै हैन दौडँदा, जिम गर्दा, सेटअप, पुसअप गर्दा, नृत्यजस्ता व्यायाम नियमित गर्नाले झोलिएको स्तन टाइट गर्न सकिन्छ।

तान्ने विधि
सानो–ठूलो र नमिलेको स्तन मिलेको आकारमा ल्याउन स्तन तान्ने व्यायाम गर्न सकिन्छ। तलैबाट (छातिबाट) स्तनलाई हातले मुठ्ठी पारेर समाई दूध दुहेजस्तै गरी मुन्टासम्मै हल्का तान्दै निचोर्नु पर्छ।

पालैपालो दुवै स्तन दैनिक १०/१० पटक यसरी तान्नु उपयुक्त हुन्छ। करिब तीन महिना यसरी स्तन तान्ने व्यायाम गर्न सकिन्छ। यो व्यायाम महिला स्वयं वा अन्य व्यक्तिले गर्न सकिन्छ। यसरी दैनिक तान्नाले स्तनका मांशपेशी लचिलो भई रक्तसञ्चार बढ्नुका साथै बिस्तारै स्तनको हार्मोनमा वृद्धि हुन्छ। यो व्यायामले सानो–ठूलो र नमिलेको स्तन मिलेको आकारमा आउन मद्दत पुग्छ।

शिशु जन्मिएपछि त स्तनको आकार बढ्ने नै भयो। सामान्यतः सानो स्तन एक पटक मिलेको आकारमा आइसकेपछि नघट्ने भए पनि शिशु जन्मिएपछि स्तनपान गराउने क्रममा आकार नमिल्न सक्छ।

ठूलोलाई सानो
अब चर्चा गरौँ ठूलो स्तनलाई सानो बनाउने तथा मिलेको आकारमा ल्याउने बारे। सानो स्तन मिलेको आकारमा ल्याउन मात्रै हैन ठूलो तथा भद्दा भएको स्तनलाई मिलेको आकारमा ल्याउनसमेत मसाज विधि अपनाउन सकिन्छ। स्तनमा मसाज तेल वा क्रिम लगाएर  हातले हल्कागरी चारैतिरबाट माड्नाले स्तनको मांशपेशी लचिलो हुन्छ। मांशपेशी लचिलो हुनाले स्तनको बढी भएको बोसो कम हुन गई मांशपेशी कसिलो हुन्छ। यसरी नियमित मालिस गर्नाले ठूलो स्तन सानो तथा मिलेको आकारमा आउन मद्दत पुग्छ।

नमिलेको ठूलो तथा भद्दा स्तन मिलेको आकारमा ल्याउनका लागि खेल्ने, दौड्ने तथा विभिन्न किसिमको व्यायाम गर्न सकिन्छ। यसरी व्यायाम गर्दा स्तनका मांशपेशी लचिलो भई बढी भएको बोसो कम हुन मद्दत पुग्छ। जसले स्तन मिलेको आकारमा आउन मद्दत पुग्छ।

यसरी शारीरिक व्यायाम गर्दा निक्कै विचार पु-याउनुपर्ने हुन्छ। व्यायाम गर्दा, खेल्दा तथा दौड्दा स्तन बढी हल्लिएर आकार बढ्ने, झोलिने तथा नमिल्ने समस्या हुन सक्छ। त्यसैले व्यायाम गर्दा होस् वा खेलकुद गर्दा नै किन नहोस् ‘स्पोर्टि ब्रा’ लगाउनु उचित हुन्छ। यस्तो ‘ब्रा’ बजारमा पाइन्छ। यस्तो ‘ब्रा’ लगाउनाले स्तन हल्लिएर झोलिन तथा ठूलो र आकार नमिल्नेजस्तो समस्याबाट बच्न सकिन्छ।

करिब तीन महिनासम्म दैनिक १०/१५ पटक यसरी स्तन सही आकारमा ल्याउने किसिमका व्यायाम गर्ने, मालिस गर्ने, ‘ब्रा’ लगाउनेजस्ता उपाय अपनाउनाले मिलेको आकारमा स्तन ल्याउन सकिन्छ। यसरी स्तनको आकार मिल्नाले महिलाको व्यक्तित्वसमेत झल्कन सहयोग पुग्छ।

सन्तुलित पोषण
व्यायाम तथा मालिसजस्ता विधिमात्रै हैन मिलेको आकारमा स्तन ल्याउन पोषणको भूमिका त्यत्तिकै हुन्छ। शरीरमा सन्तुलितरुपमा पोषण तत्वको मात्रा नमिल्दासमेत महिलामा यस्तो समस्या हुने जोखिम हुन सक्छ। सन्तुलित भोजन गर्नाले शरीरमा सन्तुलित मात्रामा पोषण पुग्छ। सन्तुलित मात्रामा पोषण पुग्नाले सानो–ठूलो, झोलिएको स्तन मिलेको तथा सही आकारमा आउन सहयोग पुग्छ। विशेषगरी पोषणविद्को परामर्शमा सन्तुलित भोजन गरी पोषणतत्व प्राप्त गर्न सकिन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment