मिरुनाको नियति

बुधबार, ११ मङि्सर २०७६, ११ : ०० शुक्रवार
मिरुनाको नियति

नायिका मिरुना मगरले ‘लालपुर्जा’बाट आफ्नो अभिनय शुरु गरिन्। उनको पहिलो फिल्म अभिनेता सौगात मल्ल र विपिन कार्कीसँग थियो तर उनको पहिलो फिल्म नै फ्लप भइदियो। त्यसपछि उनले प्रदीप खड्कासँग ‘रोज’ र ‘साइनो’मा अभिनय गरिन्। तर हिरो फेरे पनि उनको नियति फेरिएन। यी दुवै फिल्म पनि फ्लप भए।

कडै रैछिन् उनी। हार मानिनन्। फिल्ममा अभिनय गर्न छोडिनन्। अहिले उनी फिल्म ‘चचहुइँ’मार्फत आर्यन सिग्देलको जोडी बनेकी छन्। फ्लपको मामिलामा आर्यनको चाल पनि उस्तै छ अहिले। पहिला नामैले फिल्म चल्थ्यो अहिले भने एकपछि अर्को फ्लप खाता चढिरहेको छ। यस्तो बेला मिरुनालाई लक लाग्ला या ताल उही हुने हो, एक सातामै थाहा भइहाल्छ नि !

Leave A Comment