बाठी झरना

बुधबार, ११ मङि्सर २०७६, ११ : १३ शुक्रवार
बाठी झरना

झरना थापाले छोरी सुहानालाई चलेका स्टारसँग फिल्म खेलाएर चर्चामा पु-याइन् । अनमोल केसीसँग ‘ए मेरो हजुर ३’मा आफ्नो छोरीलाई डेब्यु गराइन्। सुहानाको इन्डस्ट्रीमा धमाकेदार इन्ट्री भयो।

फिल्म आर्थिक पाटोमा सफल भए पनि गुणस्तरमा भने खासै गतिलो थिएन। तापनि सुहाना र अनमोलको स्क्रिन जोडीलाई दर्शकले रुचाए। त्यसैले होला ‘ए मेरो हजुर ४’मा झरनाले छोरी सुहानासँग अनमोल नै दोहो-याउने भएकी छन्। हालै उनले अनमोल केसीलाई फिल्ममा अनुबन्ध गरिन्। यसअघिको सिक्वेलमा उनले नव–अभिनेता सलिनमान बनियाँलाई लिएकी थिइन्। उनी ‘ए मेरो हजुर ४’मा दोहोरिएनन्।

जे होस्, फिल्मको व्यावसायिक सफलता र छोरीको भविष्य हेरेर फेरि झरनाले अनमोलको स्टारडम प्रयोग गर्ने भइन्। फिल्म चलाउन कत्तिको बाठोपना चाहिन्छ भन्ने त कसैले झरनाबाट सिकोस् !

Leave A Comment