म पनि बाउ भएँ

बिहिबार, १२ मङि्सर २०७६, ११ : ४७ शुक्रवार
म पनि बाउ भएँ

अभिनयमा अब्बल अभिनेता विपिन कार्की गत सोमबार छोरीको बुबा बने। उनलाई यतिबेला सामाजिक सञ्जालतिर बधाईको ओइरो छ। अहिले उनी फिल्म ‘सेल्फी किङ’मा व्यस्त छन्। बल्खुको बयोधा अस्पतालमा सोमबार ६ः४२ मिनेटमा विपिनलाई पुत्री लाभ भएको हो। विपिनसँग बुबा बन्दाको पहिलो अनुभवबारे शुक्रवारले गरेको कुराकानीः

कस्तो लाग्यो बुबा बन्दा ?
अँ, जे होस् शब्दमा बोलीमा एक्प्रेस हुँदैन रहेछ त्यो कुरा। त्यसका लागि कि त बुबा कि आमा नै बन्नुपर्ने रहेछ। सन्तान प्राप्त गर्नुपर्ने रहेछ। व्यक्त गर्नै नसकिने अनुभव हो यो।

पहिलो पटक छोरीको अनुहार हेर्दा ?
अनुहार हेर्दा त म अभिभावक नै भएँ, अरुलाई अहिलेसम्म हेरे जस्तो भन्दा पनि छुट्टै जिम्मेवारी महसुस गरेँ। मेरो बेबी कस्तो हुन्छ, उसको स्वास्थ्य कस्तो हुन्छ, ऊ सकुशल छ कि छैन, ऊ नर्मल छ कि छैन भन्ने कुरामा ध्यान जाने रहेछ। अरु कुरामा मेरो ध्यान गएन।

नाम सोचिसक्नु भयो कि ?
दुई चार वटा नामहरु सोचिराखेका छौं। अब मैले भन्दा पनि मेरो मात्र छोरी नभएर मेरो वाइफको पनि छोरी हो। हामी दुईले सल्लाह गरेर फाइनल गर्छौं।

Leave A Comment