दुर्गाको ‘युग’

बिहिबार, ०६ जेठ २०७३, ०४ : ४९
दुर्गाको ‘युग’


संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायिका दुर्गा खरेलको स्वर रहेको एल्बम ‘युग’ बजारमा आएको छ । एल्बममा संगीतकार पोखरेल तथा अमृत रेग्मीका शब्द छन् । दुर्गाको यो दोस्रो एल्बम हो । उनले सात वर्षअघि ‘दिल’ एल्बम निकालेकी थिइन् ।  ‘पहिलो एल्बम निकाले लगत्तै संगीतको माहोल बदलियो । एल्बमभन्दा पनि सिंगल ट्रयाक चल्न थाले । मैले पनि केही त्यस्तै गीत निकालेँ । यसरी पहिले सार्वजनिक भइसकेका केही गीत र नयाँ गीत थपेर यो एल्बम तयार गरेका हौँ,’ दुर्गाले भनिन् । एल्बममा पाँचवटा गीत रहेका छन् । ‘डान्सिङ नम्बरदेखि क्लासिकल र सुफी शैलीका गीत एल्बममा छन् ।

 

Leave A Comment