मार्टिन आइसक्रिमको फ्रेन्चाइज

सोमबार, १६ मङि्सर २०७६, ०१ : १३ शुक्रवार
मार्टिन आइसक्रिमको फ्रेन्चाइज

शक्ति फुड प्राइभेट लिमिटेडले मार्टिन आइसक्रिमको पहिलो फ्रेन्चाइज उद्घाटन गरेको छ। मार्टिन आइसक्रिमले नेपालमा विगत सात वर्षदेखि आधुनिक प्रविधिको प्रयोग गरेर आइसक्रिम उत्पादन गर्दै आइरहेको छ।

मार्टिन आइसक्रिमका पहिलो फ्रेन्चाइजी मोडलको उद्घाटनमा शक्ति फुडका कार्यकारी निर्देशक प्रकाश महर्जनले नयाँ फ्रेन्चाइजी मोडलको स्थापना गर्नुको उद्देश्य उपभोक्तासँग प्रत्यक्षरुपमा जोडिन, नयाँ पुस्तामा उद्यमशिलता विकास गराउन र प्रशिक्षित गराउन, देशमा विदेशी आइसक्रिमको आयात रोक्न र रोजगारी सिर्जनाका लागि भएको बताए।

कार्यकारी निर्देशक महर्जनले देशभरिबाट सम्भावित फ्रेन्चाइजीहरुलाई आफूहरुले आह्वान गरेको बताए। पहिलो दशओटा फ्रेन्चाइजीहरुका लागि विशेष स्किम रहेको उनको भनाइ छ।

उनका अनुसार पहिलो दस फ्रेन्चाइजीमा मार्टिन आइसक्रिमले कुनै शुल्क लिँदैन। त्यसबाहेक आफ्ना फ्रेन्चाइजीहरुका लागि उपलब्ध गराउने सम्पूर्ण उपकरण र पूर्ण सेटअप प्रदान गर्ने उनले बताए।

Leave A Comment