‘नेपालको छोरो’ खोज्दै दीपा

शुक्रबार, २८ साउन २०७३, १२ : १० शुक्रवार , Kathmandu
‘नेपालको छोरो’ खोज्दै दीपा

सबैलाई थाहै छ– अभिनेत्री दीपाश्री निरौला अविवाहित छिन् । यिनै अविवाहित दीपाकी मिल्ने साथी गायिका निशा सुनार अमेरिकाबाट नेपाल आएकी छिन् । र, विवाह गर्ने नेपाली युवतीको उमेर घर्काइसकेकी दीपाकै लागि जुन देश बस्ने भए पनि ‘नेपालको छोरो’ चाहिएको आशयको गीत गाइदिएकी छिन् । सधैँ आफ्ना लागि तीजको गीत गाउने गायिका सुनारले यस वर्ष भने साथीका लागि गाइदिएकी हुन् । शंकर विसीले निर्देशन गरेको गीतको भिडियोमा निशा र दीपा दुवै छमछमी नाचेका छन् । विनोद बाजुरालीको संगीत रहेको गीतलाई पत्रकार डिबी खड्काले लेखेका हुन् । ‘गीतमा मेरै मनको भावना लेखेजस्तो लाग्यो,’ गीतबारे दीपाश्रीको प्रतिक्रिया छ । त्यही कारण कहिले तीज गीतमा ननाच्ने दीपा यसपल्ट मन खोलेर नाचेकी छिन् । र, महादेवलाई श्रीमान्को टुंगो लगाइदिन विन्ती गरेकी छिन् । कहिले सुन्ने हुन् त महादेवले दीपाको विन्ती ?   

 

Leave A Comment