भुवनको फोस्रो दावी

बिहिबार, १९ मङि्सर २०७६, ११ : २३ शुक्रवार
भुवनको फोस्रो दावी

सदाबहार नायकको ट्याग पाएका भुवन केसी अहिले आफ्नो भन्दा छोरा अनमोलको करियर बनाउनै फोकस छन्। आखिर उनका कारण त छोरा अनमोल अहिले इन्डस्ट्रीको डिमान्डेड कलाकार बनेका छन्। अहिले यी दुई बुवा छोरा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा छन्। उनीहरु अनमोलको पछिल्लो फिल्म ‘क्याप्टेन’को प्रदर्शनका लागि त्यहाँ पुगेका हुन्।

भुवनले सामाजिक सञ्जाल फेसबुकमा फिल्म ‘सुपरहिट’ रहेको दावी गरे। फिल्म प्रदर्शन ताका नेपालमा यसको ग्रस कलेक्सनबारे निर्माण टिमले खासै बोलेका थिएनन्। अहिले बाहिर फिल्म प्रदर्शन गर्ने भएपछि भुवन फिल्मलाई सुपरहिट भनेर प्रचार गरिरहेका छन्।

अब एउटा फिल्मको ५० लाख पारिश्रमिक लिने छोरा अनमोलकै इज्जतका लागि लगानी मात्रै उठाएको फिल्मलाई पनि सुपरहिट भन्न हिच्किचाउँदैनन् उनी। जे होस्, भुवन फिल्म चलाउन जति झूट पनि बोल्छन्। बरु यसपालि उनले कम झूट बोलेका छन्। यसैमा सन्तोष मान्नुपर्छ।

Leave A Comment