भ्वाइस अफ नेपाल–२ : सुध्रिएनन् सुशील

बिहिबार, १९ मङि्सर २०७६, ०४ : २३ शुक्रवार
भ्वाइस अफ नेपाल–२ : सुध्रिएनन् सुशील

भ्वाइस अफ नेपाल सिजन २ सेमिफाइनलसम्म पुगिसक्यो । तर कार्यक्रमका प्रस्तोला सुशील नेपालको बोली सुध्रने लक्षण देखिएको छैन । ब्याटल राउन्डमा पटक–पटक ‘ब्यातल’ भनेर आलोचित भएका थिए । सामाजिक सञ्जालमा जति आलोचना भए पनि उनले वास्तै गरेनन् र ‘ब्यातल’ भै अडिइरहे ।

सेमिफाइनलमा पुगेर अब ‘निर्लय’ भन्न थाले । उनी खस भाषी नै हुन् । तर खै किन हो बोल्दा जिब्रो लट्पटिइ नै रहन्छ उनको । पहिलो सिजनमा पनि उच्चारणलाई लिएर सुशीलको आलोचना भएको थियो । तर खै सुधार्न मिहिनेत गरेको देखिएन । 

अब चार प्रतियोगी 
सेमिफाइनलमा पुग्दा सञ्जय महत, गीता शर्मा, मेचु धिमाल र यान्की याल्मो आउट भए । दर्शकमाझ अलग्गै छवि बनाएकी थिइन् यान्कीले । उनलाई फाइनल प्रतिस्पर्धीको रुपमा हेरिए पनि टिक्न सकिनन् । गीता, मेचुको पनि प्रभाव राम्रै थियो । तर भोटको आधारमा यी चारैजना सेमिफाइनलमा पुग्न सकेनन् ।

सेमिफाइनलमा सनिश श्रेष्ठ, विकास लिम्बु, राम लिम्बु र आरिफ राउफ सेमिफाइनलमा पुगे । शनिबार यी चारमध्ये एकजनाले दोस्रो सिजनको ट्रफी चुम्ने पक्का छ ।

पहिलो सिजनको विजेता कोच दीप श्रेष्ठबाट विकास लिम्बु जोगिएका छन् । कोच प्रमोदबाट राम, कोच आस्थाबाट आरिफ र कोच राजु लामाको टिमबाट सनिश ट्रफिको दौडमा छन् ।सेमिफाइनलमा पुगेकामध्ये आरिफ, सनिश र रामको फ्यान फलोइङ बलियो छ । विकास लिम्बुको प्रस्तुति पनि दमदारै छ । तर अन्यको तुलनामा उनको फ्यान फलोइङमा अलि कम देखिन्छ ।

सनिशलाई सरप्राइज
सेमिफाइनलमा प्रतियोगी सनिशले सरप्राइज पाए । उनको सांगीतिक गुरु हजुरबुबालाई आयोजकले स्टेजमा निम्त्याएका थिए । भजन गाइरहने उनकै प्रेरणाले शनिस सांगीतिक क्षेत्रमा लागेका थिए । उनी नातिलाई समर्थन गर्न गोरखादेखि आएका थिए । आयोजकले स्टेजमै उनको हजुरबुबाको जन्मदिन मनाएका थिए । 

सेमिफाइनलको दोस्रो भागमा सनिशले ‘बिस्तारै बिस्तारै डुब्दैछु तिम्रो मायामा ’ बोलको गीत गाएका थिए । उनको जनराअनुसारकै गीत चयन गरेका थिए । कोच दीपले चारैजना विजेताको हकदार रहेको भन्दै प्रशंसकहरुलाई विचार गरेर भोट गर्न आग्रह गरे । कोच आस्था आफ्नी हजुरआमा सम्झिएर भावुक बनिन् । कोच राजु मक्ख थिए । उनले सनिशलाई भोटसमेत मागिदिए ।

राम लिम्बु हरेक एपिसोडमा फरक रुपमै आउँछन् । यसपटक परदेश लागेको छोरालाई बुवाले छोरालाई आफ्नो ख्याल गरेस् । यता बुहारी दुईजीउ की छे हेर्नस् बुवा भन्दै गाउनुपूर्व गीतमा मेलखाने सानो अभिनय गरेर देखाइदिए  र ‘हेर सानु मुग्लान जाँदैछु’ बोलको गीत गाए । सबै कोचले उनको प्रशंसा गरे । कोच प्रमोदले आफुले सिकाएको थिमले आफैलाई झन्डै रुवाएको भन्दै रामलाई धन्यवबाद दिएका थिए । 

कोच आस्थाको टिमबाट आरिफ राउफ ले ‘ देखन चम्पा सुनन् चम्पा ’ बोलको गीत गाए ।  उनले स्टेजमा नाचि नाचि गाएको यो गीतमा स्वर राम्रै फिट भएको थियो । उनले फूल लिएर स्टेजमा पुगेका थिए । उनले अडिसनलाई फूल फाल्दै स्टेजलाई रोचक बनाएका थिए । 

कोच दीपको टिमबाट विकासले ‘शिरै फुल शिरबन्दी’ बोलको गीत गाएका थिए । प्रमोदले विकासको सबै प्रस्तुती राम्रो रहेको र पूर्वेली लोकलय ल्याएको, भोकलमा कन्फिडेन्ट देखिएको भन्दै भने‘ भोटिङ माता कि जय’ ।
बिगारे राउफले 

सेमिफाइनलमा सरप्राइजको रुपमा कोच र प्रतियोगीसँगै स्टेजमा गीत गाएका थिए । कोच दीप र विकास लिम्बुले ‘झस्किए छ मन मेरा ’ बोलको गीत गाएका थिए । कोच दीपसँग विकासको स्वर मज्जाले फिट भएको थियो । 
प्रस्तुति सकिएपछि भोट माग्दै कोच दीपले भ्वाइस अफ नेपालको टाइटल गह्रौं रहेको भन्दै यो सिङ्गो नेपालको टाइटल भएकाले सुर, ताल र अनुशासनमा  राख्ने र विकाससँग त्यो सबै रहेको भन्दै भोट मागे ।

कोच आस्था र आरिफ राउफले ‘फुकाइदेउ माया’ बोलको गीत गाए । कोच आस्थाका स्वरसँग स्वर मिलाउन राउफलाई अप्ठ्यारो भइरहेको देखियो । उनले गीत बिगारे । राउफको गायन बिग्रिएपछि कोच आस्था नर्भस देखिएकी थिइन् । 
उनले नेपालकी छोरी भन्दै म भाती पू¥याएर बोल्न आउने त हैन भन्दै ‘ जातजाती, धर्म, समुदाय नहेरी कला र गला हेरेर भोट गर्न’ आग्रह गर्दै आरिफका लागि भोट मागिन् । सुशिलले नेताले बोलेझै भयो भनेर जिस्काए ।

राम र कोच प्रमोदले ‘भाग्य खोज्नुछ, यही माटोमा’ बोलको गीत गाए । प्रमोदको स्वरसँग रामको स्वर म्याच भएको थियो । कोच प्रमोदले रामका लागि भोट मागे । कोच राजु र शनिसले ‘सायद तिम्रो बाटोमा मेरो पाइला नहोला’ बोलको गीत गाए । सनिशको स्वर पनि फिट भए राजुसँग । राजुले सनिशलाई जिताउन भोट मागे ।
 

Leave A Comment