ऋचाको बिहे मंसिर २१ मा

शुक्रबार, २० मङि्सर २०७६, ११ : ०२ शुक्रवार
ऋचाको बिहे मंसिर २१ मा

मंसिर २१ मा अभिनेत्री ऋचा शर्माको विवाह पक्का भएको छ। दुई साताअगाडि उनका साथीहरुले पोखरामा उनलाई ब्याचलर्स पार्टी दिएपछि उनले विवाहको तयारी गरेको खुलेको थियो।

ऋचा आफैंले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राखेर विवाहको मिति र उनका श्रीमानको नाम सार्वजनिक गरिन्। उनको विवाहको मिति डिसेम्बर ७ अर्थात् मंसिर २१ गते हुने खुलाइन्। उनी त्यो दिन दिपेक्ष विक्रम राणाको हुनेछिन्।

लामो समयदेखि यी दुवै प्रेम सम्बन्धमा भए पनि दुनियाँको नजरबाट लुकाउन सफल भएका थिए। दिपेक्ष लबिम मलका म्यानेजर हुन्। सार्वजनिक गरेको तस्बिरमा उनले आफ्ना शुभचिन्तकलाई माया र साथका लागि धन्यवाद दिएकी छन्।

Leave A Comment