भुवन–जिया सम्बन्ध : के हो साइनो ?

सोमबार, २३ मङि्सर २०७६, १० : ४६ रीना माेक्तान
भुवन–जिया सम्बन्ध : के हो साइनो ?

हालै जापानको एयरपोर्टबाट नेपाली कलाकारको तस्बिर धमाधम बाहिरियो। एक तस्बिरमा अनमोललाई दायाँ पार्दै उभिएका थिए, अभिनेता भुवन केसी। भुवनको दायाँपट्टि थिइन्, हिरोइन जिया केसी। जापानमा भएको सूर्य इन्टरनेसनल अवार्डमा सहभागी हुँदै गर्दा खिचिएको सो तस्बिरमा आयोजक पनि अटाएका थिए। तर, दर्शकको ध्यान अन्य कलाकारमा भन्दा जिया र भुवनको जोडीले तान्यो। किनकि यी दुई सम्बन्धमा धेरैको चासो जो छ !
चासोको कारण हो, न यो विवाहित जोडी हो, न सार्वजनिक रुपमा प्रेमी–प्रेमिकाका नै स्वीकार गरेका छन् तर यो जोडी प्रायः सँगै हुने मात्रै हैन, सँगै बस्छन् पनि।

जापानको एयरपोर्टबाट त तस्बिर मात्र बाहिरिएको हो, भुवन र जियाको। त्रिभुवन विमानस्थलको दृश्य त अझ चाखलाग्दो छ। राति ८ बजेको हुँदो हो। विमानस्थलको प्रवेशद्वारमा एउटा ट्याक्सी रोकियो। युट्युबरको क्यामेरा ट्याक्सीतिर फोकस भएपछि हिच्किचाउँदै एउटा जोडी बाहिर निस्कयो। त्यो जोडी भुवन र जियाको थियो। भुवन क्यामेराबाट घेरिएपछि जिया मिडियाबाट तर्किइन्। एकैछिनमा हराइन्। जापान जाने प्लेनमा दुवै सँगै थिए।

जिया केसी कार्यकारी निर्माता रहेको फिल्म ‘क्याप्टेन’ विवादित सूर्य इन्टरनेसन अवार्डको मनोनयनमा परेको थियो। आफूले निर्माण गरेको फिल्म नै मनोनयनमा परेपछि भुवनसँग जापान पुग्न जियाका लागि ठूलो विषय रहेन। पत्रकार श्रीधर पौडेलले खिचेका यी दुवैको तस्बिरले नै उनीहरुको निकटताको रहस्य खुलासा गरेको थियो। तर उनीहरुको सम्बन्धबारे अहिले पनि ‘हामी मिल्ने साथी मात्रै हौं’ भनेर दुवैले झुक्याइरहन्छन्।

के साथीमै सीमित छ त यी दुईको सम्बन्ध ?
नाम नखुलाउने सर्तमा भुवन निकट स्रोतका अनुसार जिया भुवनको सिनामंगलमा रहेको घरमै बस्छिन्। भान्सादेखि सबै कुरामा श्रीमतीझैँ सक्रिय भूमिका छ जियाको। घरमा चिनेको मान्छे उपस्थित हुँदा जिया देखा पर्छिन्। घरमा नचिनेको कोही आइहाल्यो भने देखा नै पर्दिनन्। अनमोल जियालाई ‘जिया दिदी’ भनेर बोलाउँछन्। उनको फिल्म छनोटमा सल्लाहकारको भूमिका हुन्छ जियाको।

अनमोलकी आमा सुस्मिता बम्जनसँग भुवनको डिभोर्स भएपछि एक्लिएका भुवनले जियाको साथ पाएका हुन्। उनीहरु दुवै एउटा क्यासिनोमा मध्यरातमा सँगै पुगेपछि यी दुईको सम्बन्ध सार्वजनिक भएको थियो।

जता भुवन, उतै जिया
भुवन जहाँ पुग्छन्, त्यहाँ जिया पुगेकै हुन्छिन्। भुवन पनि कुनै कार्यक्रममा जियालाई नलिई जाँदैनन्। फिल्मको प्रिमियरमा होस् या अन्य विदेशी फिल्म प्रदर्शनको कार्यक्रम होस् अथवा अवार्ड नै किन नहोस् ! भुवन–जियासँगै हुन्छन्। भुवनसँग निकट भएपछि उनको फिल्मी यात्रा भने ठप्पै भयो। पहिल्यै उनीद्वारा अभिनित फिल्म त्यत्ति चलेनन्। उदार अंग प्रदर्शनले पनि डिमान्ड नबढाएपछि उनी भुवनसँगको सम्बन्धै रमाउन थालिन्। उनको अभिनययात्रा ठप्पै भयो। भुवनले पछिल्लो पटक जियालाई आफ्नो फिल्म ‘क्याप्टेन’को कार्यकारी निर्मातासमेत बनाए र असफल हिरोइनबाट निर्माताको रुपमा उदाइन् जिया।

यसरी कसियो सम्बन्ध
जिया सन् २०१३ मा ‘हो यही माया हो’ फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेकी थिइन्। डेब्यु फिल्मबाट उनी चर्चामा आइन्। फिल्मका लागि अङ्ग प्रदर्शन गर्नसमेत तयार भएपछि उनी चर्चामा रहिन्। फिल्ममा अंग प्रदर्शनमा उनी निक्कै उदार थिइन्। उनले खेलेको फिल्म ‘एटिएम’ त सेन्सरमै प-यो।

सोही वर्ष यी दुवै निकट हुँदै गए। ‘एटिएम’कै प्रचारताका जियाले ‘आइ लभ भुवन केसी’ भनेकी थिइन्। उनले भनेकी थिइन्, ‘मलाई उहाँ एकदम मनपर्छ। एउटा कलाकारको हिसाबले उहाँ मनपर्छ। म उहाँको ग्रेट फ्यान हुँ।’

जियाले जब मिडियाबाट नै खुलेआम भुवनलाई मन पराउने घोषणा गरिन्, भुवनले पनि आफ्नो पनि ग्रिन सिग्नल पठाइहाले। बिस्तारै यी दुई नजिकिए। त्यसपछि त यी दुई विभिन्न क्याफेदेखि सार्वजनिक कार्यक्रममा एकसाथ देखिन थाले। भेट बिस्तारै बाक्लिँदै गयो तर सार्वजनिक रुपमै आफ्नो निकटता भने देखाउँदैनथे। अहिले भने दुवै सार्वजनिक कार्यक्रममा नारिएर हिँड्न धक मान्दैनन्।

डिसी नेपालसँगको एक अन्तरवार्तामा जियाले ‘भुवन केसीसँग बिहे हुन पनि सक्छ, भविष्य कसले देखेको छ र ?’ भनेकी थिइन्।

जियाले बिहेको भविष्यवाणी गरेको पनि ६ वर्ष भइसक्यो। उनी भुवनकै घरमै बस्छिन्। तर बिहे भयो कि लिभिङ टुगेदरमै हुन्, रहस्यमै छ।

Leave A Comment