जहाँ अनमोल, त्यहीँ अवार्ड

सोमबार, २३ मङि्सर २०७६, ०१ : २२ शुक्रवार
जहाँ अनमोल, त्यहीँ अवार्ड

अवार्ड पाउनु त्यति सजिलो कुरा होइन तर अनमोल केसी जहाँ पुग्छन्, त्यहाँ उनी अवार्ड नपाई फर्कदैनन्। उनले नपाउने अवार्डमा उनी गएको पनि पाइँदैन। उनका ‘कृ’ र ‘क्याप्टेन’ फिल्म तुलनात्मक रुपमा फ्लप फिल्म मानिन्छन्। तर हेर्नुस्, उनको भाग्य ! उनले ती फ्लप फिल्मबाट पनि अवार्ड हात पारिरहेका छन्।

‘कृ’ र ‘क्याप्टेन’ले लगानी नउठाए पनि अनमोलले अवार्ड त उठाइरहेका छन् ! अब यसैलाई उपलब्धि मान्नुस् अहिलेलाई।

अब जिम्मेवारी त उनकै हो किनभने अवार्ड त अभिनयका लागि दिइने हो, जुन उनीबाट हालसम्म देखिनुपर्ने चिज देखिएको छैन। यही कारण पनि उनको आलोचना हुँदैआएको छ। रोचक त, आफू कमजोर छु भन्ने उनी स्वीकार्दैनन् र दिइने सबैजसो अवार्ड लिन छाड्दैनन्।

पछिल्लो फिल्म ‘ए मेरो हजुर ४’मा साइन गरेका अनमोलले जापानमा भएको सूर्य इन्टरनेसनल अवार्डमा सहभागिता जनाए, ‘पपुलर एक्टर’को अवार्ड पाए। त्यो अवार्ड उचालेको एक साता नबित्दै अमेरिका उडेका उनी त्यहाँ आयोजित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘स्टार अफ दि इयर’को अवार्ड उचाले।

खैर, उनी पनि बाबु भुवन केसी जस्तै छन्। जहाँ गए पनि खाली हात नफर्कने ! ठीक छ, बिँडो त थाम्नु प-यो नि, कि कसो ?

Leave A Comment