चट्याङसम्बन्धी भ्रम र वास्तविकता

शनिबार, २९ साउन २०७३, १० : १२ मिलन खरेल , Kathmandu
चट्याङसम्बन्धी भ्रम र वास्तविकता

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्रकाशित तथ्यांकअनुसार विगत पाँच वर्षको अवधिमा चट्याङबाट नेपालमा पाँच सय जनाभन्दा बढी व्यक्तिको मृत्यु तथा त्यसको दोब्बरभन्दा बढी व्यक्ति घाइते भएको देखिएको छ । गत सालमात्रै ८० जनाभन्दा बढी व्यक्तिको चट्याङमा परी मृत्यु भएको थियो । यस वर्षको वैशाख र जेठमा मात्रै ३० जनाभन्दा बढीले चट्याङबाट ज्यान गुमाएका छन् भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।
चट्याङ के हो ?
चट्याङ भन्नाले बादलमा रहेका विद्युतीय चार्जयुक्त क्षेत्रमार्फत पैदा हुने विधुतीय शक्ति हो, जुन प्रायः पानी परेको बेलामा बादलमा रहेका अणुहरूबीच हुने आकर्षण, विकर्षण तथा घर्षणबाट उत्पन्न हुने गर्दछ । यसरी ठूलो मात्रामा उत्पन्न हुने विधुतीय शक्ति तटस्थ हुनकालागिचम्किलो प्रकाश र ठुलो ध्वनि सहिततीव्र गतिमाजमिनतर्फ प्रवाहहुने गर्दछ यसैलाई वज्रपातवाचट्याङपरेको भनिन्छ । ध्वनिको गतिप्रकाशको गतिको तुलनामाज्यादै कमभएकाले बिजुलीचम्किएको केहीबेर पछि मात्र गड्याङगुडुङको आवाज सुनिने गर्दछ ।

कसरी पर्दछ ?
सामान्यअवस्थामा वायुमण्डलमा रहेको हावाले बादल र जमिनकाबीचविद्युतप्रवाहहुन् नदिनकुचालकको भूमिका खेल्दछ । तर चट्याङ पर्नु ठिक अगाडिको बेलामाजवबादल र जमिनबिचको विद्युतीयचार्जको मात्राज्यादा हुन्छ तवहावाको कुचालक रहने गुण परिवर्तन भई यो सुचालकहुन् पुग्दछ । जसको फलस्वरूप बादलबाट उच्चभोल्टेजको विद्युतहावामार्फत तीव्र गतिमाजमिनतर्फ आउने गर्दछ । त्यसै लाई हामी चट्याङ परेको भन्ने गर्दछौं ।
प्रकार ?
सामान्यतयाबादलमाउत्पन्नहुने विद्युतीयशक्तितिनप्रकारले चट्यागको रुपमाप्रवाहहुने गर्दछ । पहिलो प्रकारमाकुनैपनिबादलमा रहेका विद्युतीयचार्जयुक्त क्षेत्रहरू बीचआपसीरूपमाविद्युतप्रवाहभई पर्ने चट्याङजसलाई  अंग्रेजीमा इन्ट्रा क्लाउड वाआईसी लाईटनिङ भन्ने गरिन्छ । दोस्रो प्रकार भनेको एउटा बादलमा रहेको विद्युतीयचार्ज नजिकै रहेको अर्को बादलमाप्रवाहभई हुने जसलाई क्लाउड टु क्लाउडवा सिसी लाईटनिङ भनिन्छ । त्यसैगरी तेस्रो प्रकारमा बादलबाट जमिनतर्फ विद्युतीयचार्ज प्रवाहभई उत्पन्नहुने चट्याङ जसलाई क्लाउड टु ग्राउण्डवासिजीलाईटनिङ भनिन्छ । सबैभन्दा बढी जनधनको क्षतिभने यसै तेस्रो प्रकारको चट्याङका कारण हुने गर्दछ ।
जोखिम ?
अग्ला संरचनाहरू जस्तो अग्ला घर, अग्ला टावर, अग्ला रुख, पहाडमा डाँडा माथि रहेका घर आदि चट्याङको उच्चजोखिममा पर्ने स्थानहरू हुन् । बादलमा ठुलो परिमाणमा जम्माभएको विधुतीयचार्ज तटस्थ हुने क्रममा माथिबाट तलतिर आउँदा जुन वस्तु माथिबाट नजिकै पर्दछ, अर्थात् जमिनबाट अग्लो स्थानमा रहेको हुन्छ, त्यसै वस्तुमाथि सर्वप्रथम विपरीत चार्जको उत्पत्ति हुने भएकाले सोही वस्तु वा संरचनामाथि चट्याङ पर्ने अर्थात् वज्रपात हुने गर्दछ ।
भ्रम र वास्तविकता
भ्रमः चट्याङ पर्दा आकाशबाट फलाम वा ढुंगाजस्ता कडा ठोस वस्तु (वज्र) खस्ने गर्छन् ।  
वास्तविकताः कसैकसैले घरमा डढेर कालो भएको ढुंगाजस्तो चेप्टो वस्तुलाई वज्र भनेर राखेको देखिन्छ । वास्तवमा चट्याङ भनेको एक प्रकारको विद्युतीय शक्ति हो, जसको कुनै निश्चित बनोट तथा पिण्ड नै हुँदैन । त्यसैले चट्याङ पर्दा कुनै पनि ठोस वस्तु आकाशबाट खस्ने गर्दैन । कहिलेकाहीँ चट्याङ पर्दा (वज्रपात) उच्च क्षमता (भोल्ट) को विद्युतीय तापका कारण जमिनमा रहेका चट्टानलगायत वस्तुहरू उछिट्टिने वा डढेर कालो हुने गर्छन् । त्यसैलाई मानिसले फेला पारी माथिबाट झरेको वज्र ठानेको हुनसक्छ ।
भ्रमः चट्याङ परेको समयमा घरबाहिर भए जोगिनका लागि जमिनमा निहुरिएर टुक्रुक्क बस्नुपर्छ वा ठूलो रुखको फेदमा ओत लाग्नुपर्छ ।  
वास्तविकताः जमिनमा निहुरिएर, टुक्रुक्क वा घुँडा टेकेर बस्दैमा चट्याङबाट सुरक्षित भइने होइन । वरपर अग्ला संरचना नभएको अवस्थामा चट्याङ शरीरमाथि नै पनि पर्ने सम्भावना रहन्छ । तसर्थ बरु बाहिर भए सम्भव भएसम्म दौडेर सबैभन्दा नजिकै रहेको घर वा बलियो छत भएको गाडीभित्र बस्नुपर्छ । तर, अग्लो रूखको फेदमा भने कदापि आड लाग्नु हुँदैन । किनभने, अग्ला रूखमै चट्याङ पर्ने सम्भावना ज्यादा हुन्छ ।
भ्रमः चट्याङ एउटै ठाउँमा बारम्बार पर्दैन ।
वास्तविकताः यसमा पनि कुनै सत्यता छैन । बरु कुनै पनि अग्लो स्थानमा बारम्बार चट्याङ पर्ने सम्भावना ज्यादा रहन्छ । विश्वमा यस्ता धेरै गगनचुम्बी महल छन्, जसमा वार्षिक रूपमा सयौँ पटक चट्याङ पर्ने गर्छ । यद्यपि, त्यस्ता घरहरूलाई भने विशेष प्रकारको उपकरण जडान गरी चट्याङबाट सुरक्षित तुल्याइएको हुन्छ ।  
भ्रमः वर्षा नभएको बेलामा वा आफूमाथिको आकाशमा बादल नभएको अवस्थामा चट्याङ पर्दैन ।
वास्तविकताः वर्षा नभएको बेलामा वा आफूमाथिको आकाशमा बादल नभएको अवस्थामा चट्याङ पर्ने सम्भावना कम हुन्छ । तर कहिल्यै पर्दैन  भन्ने चाहिँ होइन । किनकि ‘बोल्ट फ्रम द ब्लू’ नामक चट्याङ सफा आकाश भएको बेलामा समेत आफ्नो उद्गमस्थल (केन्द्र) बाट करिब १५ देखि २५ किलोमिटर परसम्म पर्ने गरेको छ ।
भ्रमः गाडीको चक्का (टायर) मा रहेको कुचालकका कारण चट्याङको विद्युतीय झट्काबाट गाडीभित्रको व्यक्ति सुरक्षित रहन्छ ।
वास्तविकताः  गाडी (कार) भित्रको व्यक्ति चट्याङबाट धेरै हदसम्म सुरक्षित रहन्छ । तर, गाडीभित्रको व्यक्ति गाडीको चक्कामा रहेको टायरका कारणले नभई बलियो धातुद्वारा निर्मित गाडीको छाना (छत) को कारणले सुरक्षित रहने गर्छ । यस्ता गाडीमा चट्याङका बेला उत्पन्न हुने विद्युत धातुको संरचना (फ्रेम) मार्फत जमिनमा सुरक्षित रूपमा प्रवाह हुने  गर्दछ ।  तर, मोटरसाइकल, छतविनाका गाडी तथा धातुबाहेक अन्य कमजोर पदार्थद्वारा निर्माण गरिएका छाना भएका गाडीहरूले भने चट्याङबाट सुरक्षा दिन सक्दैनन् ।
भ्रमः चट्याङ लागेको व्यक्तिलाई छोएमा छुने व्यक्तिलाई समेत विद्युतीय झट्का (करेन्ट) लाग्ने गर्छ ।  
वास्तविकताः मानिसको शरीरले विद्युत सञ्चय गरेर राख्दैन । तसर्थ त्यस्तो व्यक्तिलाई छुँदा विद्युतीय झट्का (करेन्ट) लाग्दैन । चट्याङ लागेर घाइते भएको व्यक्तिलाई त झन् तत्काल प्राथमिक उपचार जरुरी हुन्छ । यस्तो अवस्थामा घाइते व्यक्तिलाई कृत्रिम श्वासप्रश्वास लगायतका प्राथमिक उपचार दिनुपर्छ ।
भ्रमः धातुबाट निर्मित वस्तुहरू वा शरीरमा लगाइएको सुन चाँदीका गहना, घडी, मोबाइलफोन लगायतका वस्तुले चट्याङ आकर्षित गर्छन् ।
वास्तविकताः अग्लो स्थान, अग्लो चुच्चो आकारका निर्माण र खाली स्थानका बीच रहेको अग्लो घर, टावर, रूख वा कुनै पनि अग्लो संरचनामा चट्याङ पर्ने सम्भावना ज्यादा हुन्छ । तर, कुन स्थानमा धातु रहेको छ त्यस कुराले चट्याङ पर्ने वा नपर्ने कुरामा कुनै फरक पार्दैन । त्यसैले चट्याङ पर्ने समयमा औँठी, चुरा, मुन्द्रा, मालाजस्ता शरीरमा लगाइएका धातुका गहना फुकाल्नुपर्ने आवश्यकता रहँदैन । यद्यपि, धातुले चट्याङमार्फत प्रवाह हुने विद्युतलाई भने सञ्चालन गर्न मद्दत गर्ने भएकाले सकेसम्म बाहिर भएको बेला धातुको घेराबारा, पुल तथा धातुबाट निर्मित संरचनाबाट टाढा नै बस्नु सुरक्षित हुन्छ ।

जोगिने कसरी ?
#    चट्याङको समयमा घरभित्र बस्नु नै सबैभन्दा सुरक्षित उपाय हो । तर, घरभित्र बसेको बेलामा कम्प्युटर, टेलिभिजन, टेलिफोनलगायत विद्युतीय सामग्रीका तार छोएर बस्नु हुँदैन । फलाम, स्टिलजस्ता धातुबाट निर्मित झ्याल–ढोका, दराज, तिनमा लगाइएका ग्रिल, तारजाली र अन्य प्रकारका केवल तथा विद्युतका सुचालक धातुलाई पनि नछोईकन बस्ने ।
#    चट्याङको समयमा धारामा हात धुने, भाँडा माझ्ने, नुहाउने जस्ता कार्य नगर्ने ।
#   झ्याल–ढोकाको छेउछाउ नबस्ने ।
#    पक्की घरको भित्तामा अडेस लागेर नबस्ने, भुइँमा पनि नसुत्ने ।
#    यदि चट्याङको समयमा कुनै व्यक्ति खोलानाला, पोखरी, ताल आदिभित्र भए तुरुन्त पानी बाहिर निस्कने ।
#   यदि चट्याङको समयमा कुनै व्यक्ति घरको छत, अग्लो रूख, अग्लो सिँढी, अग्लो डाँडामा भए त्यस्ता स्थानबाट तुरुन्त तल झर्ने ।
#    ट्र्याक्टर, बुलडोजर, क्रेन, पानीको पाइप, वेल्डिङ मेसिन आदि वस्तु नचलाउने र नछुने ।  
#    घर, कार्यालय वा अग्ला टावरको टुप्पोमा धातु (तामा) बाट बनेको छड (लाइटेनिङ रड) लगाउने र सो रडमा जोडिएको मोटो तामाको तारलाई जमिनमुनि लगेर गाड्ने, जसले चट्याङमार्फत पैदा भएको विद्युतलाई सीधै जमिनमुनि पु¥याई घरलाई सुरक्षित राख्छ ।  

 

Leave A Comment