जाडोमा सुखद् यौन

मङ्गलबार, २४ मङि्सर २०७६, ०१ : १४ डा. दिनेश बाँस्ताेला
जाडोमा सुखद् यौन

यौन जोडीका लागि जाडो मौसम उत्तम मानिन्छ। नेपाली समाजमा जाडोबाट बच्ने तीन उपाय अपनाउन सकिने कथनै छ। जाडोबाट बच्ने राम्रो उपाय न्यानो कपडा। दोस्रोमा आगो ताप्ने, हिटर बाल्ने तथा वातावरणकुलिन न्यानो कोठामा बसेर जाडोबाट बच्न सकिन्छ। जाडोबाट बच्ने तेस्रो विकल्प हो, यौन जोडीबीचको यौन सम्पर्क। जाडो मौसममा यौन जोडीबीच यौन क्रिडा, यौन सम्पर्कजस्ता क्रियाकलाप गर्नाले शरीर तात्ने भएकाले जाडोबाट बच्न सकिन्छ।

जाडौ मौसममा यौन सम्पर्क गर्दा यौन जोडीका लागि विशेषगरी तीन फाइदा हुन्छन्। पहिलो कुरा त ‘यौन सम्पर्कका लागि जाडो मौसम स्वस्थकर मौसम हो,’ भन्ने कुरा प्रमाणित भैसकेको छ। नेपाली समाजमा जाडो मौसममा बढी विवाह हुनुलाई यसको उदाहरणका रुपमा लिन सकिन्छ।

जाडोमा प्रजनन् क्षमता
यौन जोडीबीच यौन सम्पर्कको समयमा कामोत्तेजना हुने भएकाले व्यक्तिको शरीरको प्रतिरक्षाप्रणाली बढ्छ। यो मौसममा महिलाको प्रजनन् क्षमतासमेत मजबुत हुन्छ। यो दृष्टिले हेर्दा पनि जाडो मौसम यौन सम्पर्कका लागि उपयुक्त मौसम हो भन्न सकिन्छ।

जाडो मौसममा विशेषगरी महिला प्रजनन्शील हुने भएकाले महिलामा रजश्वलाको एैठनका साथै आक्रान्त हुने समस्या कम हुन्छ। त्यसैले यो मौसममा यौनजोडीबीच यौन उन्माद हुनु स्वाभाविकै हो। रजश्वलाको समयमा बेचैनी तथा अशान्तपनलाई शान्त गर्न यौन जोडीको अभावमा हस्तमैथुन गर्न सकिन्छ। यौन जोडी वा आफैँ हस्त मैथुन गर्न सकिन्छ। हस्तमैथुन यौनानन्द लिने स्वाभाविक पक्रिया हो। यो विर्य स्खलनको उपयुक्त मौसमसमेत हो। गर्मी मौसममा जाडो मौसमको तुलनामा पुरुषको शुक्रकिटको संख्या केही बढी र चलायमान हुन्छन्।

जाडो मौसममा दिन छोटा र रात लामा हुने भएकाले यौन जोडीबीच आत्मियता, माया, प्रेम साट्नुका साथै यौन सम्पर्कका लागि प्रशस्त समय हुन्छ।

जाडो मौसमको चिसो रातमा यौन जोडी धैर्यताका साथ आनन्दले यौन क्रिडा तथा सम्पर्क गर्न रुचाउँछन्। त्यसैले जाडो मौसमलाई यौनका लागि उत्तम मौसम मानिन्छ। चिकित्सकीय शरीर विज्ञानअनुसार जाडो मौसम यौनका लागि उत्तम रहेको प्रमाणित रहेको छ।

जाडोमा सुन्दरता
व्यक्तिले जाडो मौसममा उनी, फ्लाटिनलगायतका न्याना कपडाले शरीरका अंग ढाकेका हुन्छन्। बाक्लो  तथा न्यानो कपडा लगाएर शरीरका विभिन्न अंग नदेखाउँदैमा व्यक्ति सुन्दर नदेखिने भने अवस्य हैन। बाक्ला कपडा लगाएर सजिँदा व्यक्तिले अवस्य सुन्दरताको महसुस र अनुभूति गर्छ। यसको अर्थ शरीरभरि कपडालगाउँदा व्यक्ति सुन्दर देखिन्छ। तर जब यौन जोडी बिस्तारामा नाङ्गै सहभागी हुन्छन्, त्यसको आनन्द अनुभूति तथा अनुभव भने वर्णन गरिनसक्नु हुन्छ। जाडो मौसममा यौनजोडीको अन्तरवस्तु सुन्दरताले लालायित हुन्छ।
यो मौसम यौन जोडीलाई सजिलै बिस्तारमा स्वागत गर्न सकिने मौसम हो।

अंकमालको आनन्द
जाडो मौसममा काखमा बस्नु, अँगालोमा रमाउनुजस्तो स्वर्गीय आनन्द के हुन सक्छ र ! यौन जोडीले यस्तो अवसर पाएको अवस्थामा अवस्य स्वर्गीय आनन्द लिन सकिन्छ। संसारभर नै यौन क्रियाकलाप तथा अभद्रता प्रायः जाडो मौसममै बढी भएको पाइन्छ।

यौन सम्पर्क हुनुपूर्व मात्रै हैन। यौन सम्पर्कपछि यौन जोडीबीच अँगालोमा बस्नु विशेषगरी जाडो मौसममा आनन्दमयी हुन्छ। शरीर न्यानो र मनतातो वातारण आवश्यक हुन्छ। जाडो मौसममा अंकमाल गर्दा शरीर त न्यानो हुन्छ नै यौन जोडीबीचको आत्मियतामा अझ प्रगाढता आउँछ।

जाडो मौसममा पिकनिक तथा घुमघाम गर्न जानुको उद्देश्य पनि जाडो मौसममा यौन जोडीका लागि उपयुक्त मौसम हो। जाडोमा घुमघाम गर्नुको विभिन्न आनन्ददायी कारणमध्ये यौन पनि एक हो।

जाडो मौसममा शैक्षिक संस्थामा केही दिन छुट्टीसमेत दिइन्छ। अधिकांश व्यक्तिले छुट्टीको मौसमलाई आनन्द, प्रशन्नता, इच्छा, हर्षका साथै इन्द्रिय शुखकारुपमा लिइन्छ। त्यसैले यो मौसमलाई विपरीत यौन जोडीलाई यौन सम्पर्कका लागि प्रस्ताव गर्ने उचित मौसमसमेत हो। त्यसैले यो मौसम यौन जोडीका लागि दिव्य मौसम हो।

मौसमी उत्तेजना
जाडो मौसममा दिन छोटा हुने भएकाले ‘मौसमी उत्तेजित अक्रमबद्धता’ हुन्छ। मौसमी उत्तेजनाले यौन सम्पर्कमा समेत बाधा उत्पन्न हुन सक्छ। यसको अर्थ जाडो मौसममा व्यक्तिमा मानसिक समस्याको जोखिमसमेत नहुने हैन। यो मौसममा व्यक्ति, छिटो रिसाउने, उत्तेजित भैहाल्नेजस्ता समस्या हुन सक्छन्। यसमा भने व्यक्ति सचेत हुन आवश्यक छ। अब भन्न सकिन्छ कि, जाडो मौसममा यस्तो ‘मौसमी उत्तेजित अक्रमबद्धता’ भएको अवस्थामा यौनजोडीका लागि दुर्भाग्य हुन सक्छ। मानसिक सन्तुलनमा असर पुगी यौन सन्तुलनसमेत बिग्रिन सक्ने भएकाले यसमा यौन जोडी सचेत हुन आवश्यक छ। जाडो मौसममा हाम्रो शरीरमा सूर्यका किरण कम पर्ने भएकाले हाम्रो शरीरमा भिटामिन ‘डी’ को कमी हुन सक्छ। त्यसको परिणामस्वरुप व्यक्तिको शरीर अल्छि हुने तथा काममा चाख नलाग्ने जोखिम हुन्छ। यस्तो समस्याको समाधानको सहयोगीका रुपमा यौन सम्पर्कको भूमिका हुन्छ। यौन सम्पर्कले व्यक्तिमा स्फूर्ति ल्याउन सहयोग पुग्छ।

आनन्दमयी यौन सम्पर्कका कारण अक्सिटोसिन, इन्डोरफिनहरुजस्ता खुसी दिने हार्मोन निस्कासन हुन सहयोग पुग्छ। जसले व्यक्तिलाई तनाव कम गर्न सक्छ। यौन क्रियाकलाप तथा यौन सम्पर्कको क्रममा यस्ता खुसी दिने किसिमका हार्मोन बढी सक्रीय हुन्छन्। जसले यौन जोडीबीचको सम्बन्ध प्रगाढ बनाउन सहायक भूमिका खेल्छ। यौन सम्पर्कलाई आनन्द बनाउन प्राथमिक भूमिका भने यौन जोडीबीचको शरीरको गन्ध र वासनाले भूमिका खेल्छ। यौन जोडीबीचको आनन्दमयी यौन सम्पर्कले यौन जोडीबीचको तनाव तथा दबाबबाट समेत छुट्कारा दिलाउँछ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment