कपालको सौखिन

मङ्गलबार, २४ मङि्सर २०७६, ०१ : ३० शुक्रवार
कपालको सौखिन

अभिनेता प्रदीप खड्का, निर्माता सन्तोष सेन अनि निर्देशक चेतन गुरुङ कपालप्रेमी भएका छन्। यी तीन जना केही महिनादेखि लामो कपालका सौखिन भएका हुन्। हिजोआज यी तीन जनाको कपाल हेर्दा तीन भाइजस्तै देखिन थालेका छन्। अब प्रदीपले त ‘प्रेमगीत ३’को नयाँ लुकका लागि कपाल पालेको कुरा सबैलाई थाहै छ।

हुँदाहुँदा फिल्मकै निर्देशक अनि निर्मातालाई पनि कपाल पाल्ने भुत चढेको देख्दा चाहिँ अजिबै लाग्छ। तर जे होस्, अन्यत्र फिल्मका निर्माता, हिरो र निर्देशकको जोडी जमको निकै कम छ। यहाँ चाहिँ यी तीन जनाको मिल्ती मात्र होइन, जुम्ल्याहा नै हुन् कि झैँ झल्को दिइरहेका छन्।

अब कपाल फिल्मको डिमान्ड हो कि सौख, त्यो भने फिल्म बनेर आएपछि नै थाहा हुनेछ। प्रदीपको त फिल्मको डिमाण्डले गर्दा कपाल पाले। अब निर्देशक निर्माताको कपाल पछाडिको राज पनि पक्कै खुल्ला !

Leave A Comment