एक्सनले काम गरेन सुमी

बुधबार, २५ मङि्सर २०७६, ११ : ०० शुक्रवार
एक्सनले काम गरेन सुमी

गएको साता ‘सरौँतो’ फिल्म रिलिज भयो। विज्ञापन त भव्य नै देखिन्थ्यो। गज्जबकै एक्सन मुभीका रुपमा आशा जगाएको भए पनि फिल्मले बक्स अफिसमा भने कुनै आशा जगाउन सकेन।

यसमा तगडा एक्सन गरेर नाम कमाउँला भन्ने सोचेकी अभिनेत्री सुमी मोक्तानको अपेक्षा अपेक्षामै सीमित भयो। फिल्मका आइटम डान्समा बेलाबेलामा देखिने उनलाई यसमा देखाएको मार्सल आर्टको कलाले कुनै काम गरेन।

तर सिकेको कुरा भने काम लाग्छ है ! खेर जाँदैन। दुई वर्ष लगाएर यही फिल्मका लागि सिकेको मार्सल आर्टले फिल्ममा प्रभाव नदेखिए पनि वास्तविक जीवनमा पक्कै काम लाग्ला !

Leave A Comment