आँचल पनि गाउँले

बुधबार, २५ मङि्सर २०७६, ११ : ०५ शुक्रवार
आँचल पनि गाउँले

आँचल शर्मा अहिले ‘झिँगेदाउ’ फिल्ममा अभिनय गरिरहेकी छन्। ‘नाईं नभन्नू ल ४’ बाट फिल्मी क्षेत्रमा आएकी आँचल ‘दाल भात तरकारी’सम्म आइपुग्दा शहरिया भूमिकामै रमाइरहेकी थिइन्। यतिबेला ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’मा भने उनी बिल्कुलै फरक भूमिकामा छिन्।

आइतबार निर्माण टिमले अभिनेत्री आँचलको तस्बिर सार्वजनिक गरेको थियो। सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते, रातो रङको साडी र गुन्यूचोलीमा देखिएकी उनले कम्मरमा पटुकी बाँधेर भित्तामा अडेस लागेको सो तस्बिरसँगै हातमा हँसिया र पिठ्युमा घाँसले भरिएको डोको पनि छ।

अहिलेसम्म कुनै फिल्मबाट राम्रो जश नपाएकी आँचलले यस पटक गाउँले भूमिकाबाट जश बटुलून् भन्ने हाम्रो अपेक्षा छ।

Leave A Comment