बुद्धिमानी दीपिका

बुधबार, २५ मङि्सर २०७६, ११ : १२ शुक्रवार
बुद्धिमानी   दीपिका

अभिनेत्री दीपिका प्रसाईँ निर्देशक दीवाकार भट्टराईसँग बिहे गरेपछि पर्दामा खासै देखिन्नन्। पहिलो फिल्म ‘ऐश्वर्य’ गरेपछि उनी ‘छक्का पञ्जा ३’मा देखिएकी थिइन्। बिहेपछि त उनको मानौं पर्दासँग दुश्मनी नै भएको हो कि झैँ प्रतित हुन थालेको छ।

उनले लामो समय फिल्म गरिनन्। बिहेपछि हिरोइनलाई कतिले फिल्ममा लिन मान्दैनन् या उनी धेरै चुजी भइन्। सायद यिनै कारणले दीपिकाले पछिल्लो समय फिल्म गर्न पाइनन्।

तर पति नै निर्देशक भएपछि दीपिकालाई केको डर ? दिवाकरले बनाउने नयाँ फिल्म ‘तिमीसँगै हुन मन छ’मा उनी अनुबन्धित भएकी छन्। जे होस्, बेलैमा बुद्धि पु-याएर बिहे गरेकी रहिछन् दीपिकाले। त्यसैले त अरुबाट अफर नआए पनि पतिकै फिल्ममा हिरोइन बन्ने अवसर पाएकी जो छिन् !

अब निर्देशकले त मेरी बूढी भएर लिएको हो र ? प्रतिभा भएर पो अवश्य भन्नेछन् तर बोलिदिनेलाई त बोलिदिए पुगिहाल्यो ! कसको के लाग्छ र ? हैन त दिवाकरजी ?

Leave A Comment