खोक्रो प्रचारको भोक

बुधबार, २५ मङि्सर २०७६, ११ : १७ शुक्रवार
खोक्रो प्रचारको भोक

फिल्म बन्नुअगाडि ‘प्रेमगीत ३’ चर्चामा छ। फिल्म निर्माता सन्तोष सेनका कारण फिल्मको चर्चा बेलाबेलामा भइरहन्छ। निर्माता सेनले कहिले कलाकारका कुरा सामाजिक सञ्जालमा सेयर गरिरहेका हुन्छन् त कहिले फिल्मको सेटको भव्यता देखाइरहेका हुन्छन्। त्यो पनि भएन भने फिल्मको वर्कसपको चर्चा पनि चलाइहाल्छन्।

यतिबेला भने फिल्मको चर्चा अर्कै कारणले भइरहेको छ। चर्चा ‘प्रेमगीत ३’ को पोस्टरको हो। कारण, यो पोस्टरमा हिरो–हिरोइनको अत्तोपत्तो छैन। पोस्टरमा पुराना नायक शिव श्रेष्ठलाई बेग्लै अवतारमा प्रस्तुत गरिएको छ।

झट्ट हेर्दा, शिव श्रेष्ठलाई चिन्न गाह्रै पर्छ। खासगरी पछिल्लो समय अमेरिकी टिभी सिरिज गेम्स अफ थ्रोन्सको झल्को आउने गरी शिव श्रेष्ठको एंग्री ओल्ड म्यानको छविलाई पस्किन खोजिएको छ।

हुन त बेलाबेलामा पोस्टिइने यस्ता पोस्टरले फिल्मको प्रचार–प्रसारलाई सहयोग त गर्ला नै, फिल्म बन्नु अगाडि नै यसरी चर्चामा आएपछि दर्शकले फिल्मको प्रतीक्षा पनि गर्छन्। तर प्रश्न के छ भने, फिल्मले दर्शक अपेक्षा पूरा गर्ला कि नगर्ला ?

पोस्टरमा झैं फिल्मको कन्टेन्टमा पनि मिहिनेत गरौँ न सन्तोषजी ! कि कसो ? नत्र त नमच्चिने फिल्मको कत्रो झट्का भन्लान् नि दर्शकले।

Leave A Comment