आधार २ ल्याइन आस्थाले

बुधबार, २५ मङि्सर २०७६, ०५ : २१ शुक्रवार
आधार २ ल्याइन आस्थाले

गायिका आस्था राउतले दोस्रो एल्वम ‘आधार भाग २’ ल्याएकी छिन् । म्युजिक नेपालले उत्पादन गरेको एल्बमलाई हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह), संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा साबित्रीलगायतले सार्वजनिक गरेका थिए ।

एल्बममा ‘दशै आयो तिहार आयो’, ‘कलधारा’, ‘हवाइजहाजको टिकट’, ‘सिमाना’, ‘राम साइली’, ‘नाकैमा फूलि’, ‘को छ यहाँ र झलझल गर्ने’ बोलका गीत छन्।

कार्यक्रममा ‘नाकैमा फुली’ गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो। शान थापाले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र महेश खड्का फिचर्ड छन्। आस्थाको पहिलो एलबम ‘आधार’ का गीतहरू ‘खै त मलाई झुम्के बुलाकी’, ‘चौबन्दी पटुकी’ चर्चित भएका थिए ।

 

Leave A Comment