‘ओ नारान..’ .को म्युजिक भिडियो

शुक्रबार, २७ मङि्सर २०७६, ११ : ३० शुक्रवार
‘ओ नारान..’ .को म्युजिक भिडियो

लोक–आधुनिक शैलीको नृत्यपरक गीत ‘ओ नारान...’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा दरबारमार्गस्थित किङ्स लाउञ्जमा आयोजित कार्यक्रममा उक्त गीतको म्युजिक भिडियो प्रिमियर गरिएको हो।

गीतमा गायक विजय थापाको स्वर सुन्न सकिन्छ भने गीतलाई राजेन्द्र बजगाईंले संगीतबद्ध गरेका छन्। डिपी खनालले गीतलाई लेखेका छन्।

गीतको भिडियोमा रञ्जन अर्याल तथा अष्मिता जुरेलीको अभिनय देख्न सकिन्छ। म्युजिक भिडियोलाई शिव विकले निर्देशन गरेका छन्।  विकास ज्ञवालीले उक्त भिडियोलाई सम्पादन गरेका छन्।

Leave A Comment