विभूतिको ‘मनका कुरा’

शनिबार, २८ मङि्सर २०७६, ०१ : १७ शुक्रवार
विभूतिको ‘मनका कुरा’

२०६४ सालमा नै रेडियो नेपालमा स्वर परीक्षा पास गरेका विभूतिराज कोइरालाले गायनलाई चटक्क माया मारी सरकारी जागिर ताकेका थिए। पछिल्लो समय भने उनलाई पुरानो मायाले सताएको छ। त्यसैले त ‘मनका कुरा’ खुलाउँदैछन्।

एक दर्जन गीत रेकर्ड गराइसकेका उनले पछिल्लो समय आफ्नै शब्द, स्वर र संगीतमा ‘मनका कुरा’ सार्वजनिक गरेका हुन्। गीतको भिडियो पनि हालै रिलिज गरेका छन्। भिडियोमा रायन कार्कीको निर्देशन, प्रविन राई र योदीन योन्जनको छायांकन रहेको छ।

भिडियोमा मोडल कविता श्रेष्ठ र कौसल नेपालले अभिनय गरेका छन्। गीतको सम्पादन विष्णु खड्काले गरेका हुन् भने संगीत संयोजन संजय हमालको रहेको छ। यस्तै यसअघि सार्वजनिक भएको ‘हावामा उड्ने मान्छे’ले राम्रै दर्शक पाएको थियो।

Leave A Comment