सलिनमानको हल्लै बढी

सोमबार, ३० मङि्सर २०७६, ०१ : ५७ शुक्रवार
सलिनमानको हल्लै बढी

‘ए मेरो हजुर २’ बाट  डेब्यु गरेका अभिनेता सलिनमान बनियाँको दोस्रो फिल्म ‘यात्रा’पछि उनको फिल्मी यात्रा अगाडि बढ्न सकेन।

‘यात्रा’ बक्स अफिसमा नराम्ररी पछारिएसँगै उनको फिल्मी यात्रा पनि हल्का पछारियो नै। उनको पारा हेर्दा उनी अझै रेस्ट मुडमै देखिन्छन्। यसो कसैले सम्झिए मिडियातिर झुल्किन्छन्। अनि खै त फिल्म भन्यो भने ‘अँ फिल्ममा अफर त आइरहको छ तर स्क्रिप्ट मन परिरहेको छैन’ पनि भन्छन्।

कहिले ‘यात्रा’कै निर्देशक सम्राट शाक्यसँग पुनः फिल्ममा काम गर्ने हल्ला आउँछ अनि कहिले रेनेशा बान्तवा राईको फिल्ममा साइन गरेको हल्ला आउँछ। तर पारा हेर्दा यो हल्लाभन्दा बढी देखिएको छैन। हल्ला मात्र गरेर त हुँदैन क्या ! काम पनि गर्नुप-यो टिक्ने हो भने।

Leave A Comment