यौन र घाम

मङ्गलबार, ०१ पुष २०७६, ११ : ४७ डा. दिनेश बाँस्ताेला
यौन र घाम

सूर्यको प्रकाशमा व्यक्तिको कामोत्तेजना बढाउने शक्ति हुन्छ। सूर्यको प्रकाशले व्यक्तिको कामोत्तेजना बढाउन सहयोग पु-याउँछ। पुरुषको हकमा सूर्यको प्रकाशले टेस्टेस्टेरोनजस्तो पुरुष हार्मोनको सक्रियता बढाउँछ। जसका कारण कम यौन चाहना भएका पुरुषमा समेत कामोत्तेजना आई यौन सम्पर्क गर्दा पूर्णतया यौनजन्य सन्तुष्टि प्राप्त हुन्छ।

पुरुषमा टेस्टोस्टेरोन हार्मोनको मात्रामा वृद्धि हुँदा कामोत्तेजित भई उच्च यौनानन्द लिन सकिन्छ। सूर्यको तापबाट भिटामिन ‘डी’ पाइने भएकाले घाम ताप्न आवश्यक हुन्छ। घामको प्रकाशबाट यौनका लागि मात्र नभई शरीरलाई उपयोगी र आनन्द दिने तत्व पाइन्छ।

सूर्यको तापले क्याल्सियमसमेत पाइने भएकाले घाम ताप्नाले यौनजोडीको यौनिक उमंगमा सहयोग पुग्छ। जसको फलस्वरुप यौनिक अंगहरु खुम्चन र फुल्न मद्दत पुग्छ। यौन सम्पर्कका क्रममा यौनांगको खुम्चने र फुक्ने पक्रियाले कामोत्तेजना भई यौन जोडीबीच यौन सुखानुभूति हुन्छ। त्यसैले जाडो मौसममा नियमित घाममा बस्नु उचित हुन्छ।

घामको प्रकाशका कारण महिलाको यौनांग (योनि) का मांशपेशी फुल्ने र खुम्चने प्रक्रिया भएकाले यौनसम्पर्कका लागि अझ बढी सक्रिय हुन सहयोग पुग्छ। जसले यौन जोडीलाई यौन सन्तुष्टि लिन थप मद्दत पुग्छ। त्यसैले विशेषगरी बिहानीपखको घाम ताप्नु लाभदायक हुन्छ। घाम ताप्नाले यौन जीवनमा सुधार आउँछ। हुन त गर्मीको तुलनामा जाडो मौसममा यौन शक्ति बढी हुन्छ।

यौन शक्ति कम भएको महसुस भएका यौन जोडीले घाम ताप्दा यौन शक्ति बढ्ने हुँदा दैनिक पूर्ण यौन सन्तुष्टिका लागि जाडो मौसममा घाम ताप्न सकिन्छ।

हुन त ४० वर्ष काटेका व्यक्तिमा बिस्तारै यौनजन्य इच्छा–आकांक्षा क्रमशः कम हुँदै जानु स्वाभाविकै हो। कतिपय व्यक्तिमा भने ‘न्यून सक्रिय यौनजन्य इच्छा अक्रमबद्धता’ वा ‘यौनजन्य उत्तेजना अक्रमबद्धता’जस्ता रोगका कारण पनि यौनप्रतिको चाख कम हुन्छ। त्यसैले यौनजन्य क्रियाकलापमा कमी, यौन चाहनामा कमीजस्ता समस्या हुने यौन जोडीले  विशेषगरी जाडो मौसममा घाम ताप्नु आवश्यक हुन्छ। सूर्यको प्रकाशमा स्नान(सन बाथ) गर्न सकिन्छ।

जाडोमा बढी चाहना
पुरुषले जाडो मौसममा बढी यौन चाहना गर्नु स्वाभाविकै हो। जाडो मौसममा पुरुषको शुक्रकिट बढी सक्रिय हुने भएकाले पुरुषमा जाडो मौसममा बढी यौन चाहना हुन्छ। जाडो मौसममा सूर्यको प्रकाशको सम्पर्क तथा अण्डाशयको छाला खुम्चन्छ। छाला खुम्चने तथा फुक्ने प्रक्रियाका कारण पुरुषको यौनांग सक्रिय हुने भएकाले पुरुषमा यौन चाहना बढी कामोत्तेजित हुन पुग्छ। पुरुषले जाडो मौसममा जति बढी यौन चाहना गर्छन् महिलाले पनि त्यति नै गर्छन्। यो कुरा विशेषगरी पुरुष यौन जोडीले भुल्नु हुन्न।

महिला भने स्वाभाविक रुपमै सही व्यक्ति, समय र स्थान मिलेको अवस्थामा यौन सम्पर्कका लागि तयार हुन्छिन्। शारीरिक तथा मानसिकरुपमा स्वस्थ त हुनै प-यो। यौनको मामलामा पुरुषको तुलनामा महिला धेरै चलाख, संयमित र होसियार हुन्छन्। अधिकांश समय त महिला आफूलाई अति नै यौन चाहना हुँदाहुँदै पनि असुरक्षित ठान्ने हुँदा सहजै यौन प्रस्ताव स्किार्दैनन्।

त्यसो त मौसम परिवर्तन मात्रै यौन जोडीका लागि यौनाकर्षणको निर्णायक तत्व हैन। यौन जोडीको प्रेमको रसायनमा अन्य तत्वसमेत समावेश हुन्छन्। यौन जोडीको व्यक्तित्व, प्रस्तुति, बोलिचाली, यौन जोडीले गर्ने व्यवहारजस्ता तत्व यौनाकर्षणका कारक तत्वमध्ये पर्छन्। विशेषगरी नेपालको पहाडी तथा हिमाली भेगमा बसोबास गर्ने यौन जोडीका लागि बाह्रै महिना यौनको महत्व हुन्छ। तराई क्षेत्रमा भने जाडो मौसमको करिब तीन महिना विशेष महत्व हुन्छ।

जाडो मौसममा यौन जोडी न्यानो कोठाभित्र आनन्दले सँगै बस्न रुचाउँछन्। कोठाभित्र बसेर प्रेमको तातोतातो गफमा रुमलिन मन पराउने यौन जोडी यौनसम्पर्कको आनन्द लिन चाहनु स्वाभाविकै हो। जुन वैज्ञानिक पक्षसमेत हो। यसरी कोठाभित्र आनन्द लिँदा यौन जोडीका लागि बिस्तारा तताउन र जीवन विज्ञानमा यौनिक सत्यताको उद्घाटन हुन्छ।

बाहिरी वातावरण हेर्दा जाडोले डरलाग्दो तथा कठिन जीवन देखिए पनि यौन जोडीका लागि यौनका प्रसंगमा जाडो मौसम उत्तम हो।

यौनाकर्षणमा ड्रेस
महिलासमेत गर्मी मौसमको तुलनामा जाडो मौसममा सुन्दर देखिन्छन्। जाडो मौसममा महिलाले लगाउने शरीर ढाक्ने किसिमका न्याना कपडाले पुरुषको नजरमा महिला निकै सुन्दरी देखिन्छन्। यस्तो पहिरनले पुरुषलाई लोभ्याउँछ। महिलाले शारीरिक अंग ढाकिने किसिमका ड्रेस लगाउँदा पुरुष जति कामुक हुन्छन्, त्यति कामुक कम बस्त्रमा हुन्नन्। कामोत्तेजना त शारीरिक अंग ढाकिने किसिमका ड्रेस लगाउँदा नै बढी हुन्छ। यो यौन जोडी दुवैमा लागू हुन्छ। महिलालाई समेत पुरुष यौन जोडीले शरीर ढाक्ने किसिमले लुगा लगाउँदा कौतुहलता उत्पन्न हुनुका साथै यौनाकर्षण बढ्न जान्छ। जाडो मौसममा यस्ता न्याना कपडा लगाएर आफूलाई मनपरेको यौन जोडीको नजरमा पर्दा यौन आकर्षण हुन सक्छ। जसका कारण यौन जोडीबीचको प्रेमको अंकुरण भई यौन सम्पर्कको स्वाद लिन सहयोग मिल्न सक्छ। यसमा यौन जोडी सचेत हुनु उचित हो।

विशेषगरी जाडो मौसममा शरीरका अधिकांश अंंग ढाकिने किसिमले लुगा–कपडा लगाउनु आकर्षण तथा यौनाकर्षणको केन्द्रबिन्दु नै हो। यो पुरुष–महिला दुवै यौन जोडीमा लागू हुन्छ। व्यक्तिको स्वभाव नै जुन कुरा सजिलै प्राप्त हुन्छ, त्यस कुराप्रति त्यति चासो हुन्न। जे कुरा बढी मिहिनेत गरेर पाइन्छ, त्यसको महत्व बढी हुन्छ। यौनका प्रसंगमा पनि यो लागू हुनु स्वाभाविकै देखिन्छ।

त्यसैले यौन जोडीलाई आकर्षित गर्नका लागि खुला शरीरभन्दा मौसमअनुसारका सुहाउँदा कपडा लगाएर शरीरका अंग ढाक्नु नै उचित देखिन्छ।

महिलाको अनुहारको आकर्षण सधैँजसो स्थिर हुने भए पनि शरीरको अन्य भागको आकर्षण परिवर्तन भइरहन्छ। विशेषगरी जाडो मौसममा महिलाले लगाउने पोशाकले पुरुष यौन जोडीलाई मोहित तुल्याइदिन्छ। त्यसैले यौन जोडीको भेट गर्ने तथा विवाहवारीका लागि सबैभन्दा उत्तम समय जाडो मौसम हो।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment