सेक्सी कि भल्गर ?

मङ्गलबार, ०१ पुष २०७६, ०१ : ३४ शुक्रवार
सेक्सी कि भल्गर ?

गायिका ज्योति मगरलाई आफू सेक्सी लाग्छ। हुन पनि आफू कसलाई पो मन पर्दैन र ! तर उनको नजरमा सेक्सीको परिभाषा अलिकति फरक देखिन्छ। उनको नजरमा सेक्सी हुनु भनेको शरीरको अङ्ग देखाउनुझैँ देखिन्छ।

सेक्सी र भल्गरको कुनै बिन्दु देखिदैन उनको तस्बिर र परिभाषामा पनि। हालै सामाजिक सञ्जाल फेसबुकमा आफूलाई सेक्सी दाबी गर्दै उनले आफ्नो वक्षस्थल देखिने तस्बिर राख्दै टाइटलमा लेखिन्, ‘सेक्सी हुनु अपराध हो भने मलाई गिरफ्तार गर्नुस्।’ नेपालको कानुन अक्षरशः पालना गर्ने हो भने त उनलाई पक्राउ गर्नु कुनै ठूलो कुरो नै भएन ! अश्लील हर्कत गरेर असामाजिक काम गरेको आरोप लगाए पुग्छ पो त ! प्रहरीज्यू, लौन त उनको आह्वान सफल पारौँ।

Leave A Comment