संयमसँग लपक्कै आश्मा

मङ्गलबार, ०१ पुष २०७६, ०१ : ४१ शुक्रवार
संयमसँग लपक्कै आश्मा

लामो समय पर्दामा गुमनाम छन्, संयम पुरी। पर्दामा नदेखिए पनि सामाजिक सञ्जालतिर उनको गतिविधि देख्न सकिन्छ। हालै उनले सामाजिक सञ्जाल फेसबुकमा प्रेमिका आश्मा डिसीसँगको तस्बिर सार्वजनिक गरे। तस्बिरमा आश्मा संयमसँग लप्पकै टाँसिएकी छन्।

उता संयमको ध्यान भने अन्तै देखिन्छ। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका संयम र आश्माको यो तस्बिरमा संयमलाई इङ्गित गर्दै धेरैले कमेन्ट गरेका छन्। एकजनाले लेखेका छन्, ‘त्यति सुन्दरी छेउमा हुँदा मोबाइलतिर चाहिँ ध्यान नलगा’को भए हुने !’ हुन पनि हो तस्बिर हेर्दा सोध्न मन लाग्छ, आश्माको ध्यान संयमतिर अनि संयमको ध्यान कोतिर, हँ ? संयमलाई ठीक त छ ?

Leave A Comment