इन्गेजमेन्टमै ढुक्क

मङ्गलबार, ०१ पुष २०७६, ०१ : ५० शुक्रवार
इन्गेजमेन्टमै ढुक्क

प्रियंका कार्कीको पहिलो बिहे लामो समय टिकेन। अहिले प्रियंका ब्यांकर रविना देशराजको छोरो आयुष्मान देशराज जोशीको प्रेममा छिन्। दुवैले इन्गेजमेन्ट पनि गरिसके तर यो वर्ष पनि बिहेको छाँटकाँट भने छैन।

बिहे नगरे पनि आयुष्मानलाई फकाउन भने छाडेकी छैनन् उनले। हालै उनले आयुष्मान आफूले रोजेको अनि सुहाउँदो रहेको बताइन्। यसको अर्थ पूर्व पति रोचक मैनाली पक्कै सुहाउँदो भएनन् त होला ! खोजेको त उनैले थिइन् क्यार ! त्यसैले होला, अहिले आयुष्मानसँग दंग देखिन्छिन् तर कहिलेसम्म हो यसरी दङ्गिने। इन्गेजमेन्ट भनेको त स्थायी सम्बन्ध हैन त हो प्रियंका। लगनगाँठो नकसी त आफ्नो हुन्न त !

Leave A Comment