गफास्ट दीपक

मङ्गलबार, ०१ पुष २०७६, ०१ : ५७ शुक्रवार
गफास्ट दीपक

आफ्नो फिल्मले यति व्यापार ग-यो, उति व्यापार ग-यो भनेर हल्ला गर्ने तर आँकडा सधैँ लुकाउने, आफूले तिरेको आयकर पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छु भन्ने गुड्की हाँक्ने तर चुपचाप बस्ने। यस्तै त हो नायक हुँदै चलचित्र निर्माता बनेका दीपकराज गिरीको छवि ! गफ ज्यादा काम कम छवि भएका यिनी बेलाबखत सामाजिक सञ्जालमा अन्टसन्ट लेख्न झुल्किरहन्छन्।

उनको जायज कमजोरी औल्याउँदा आत्महत्यै गर्छु झैँ गर्ने यिनी अर्कालाई सटायर हान्न भने माहिर छन्। हालै फेसबुकमा स्टाटस लेख्दै उनले अहिले बनिरहेका फिल्मले हललाई सुनसानै बनाएको भन्दै सटायर गर्दै ‘केटाकेटीलाई सुनसान ठाउँमा डेटिङ जाने रहर भए हलमा जानू’ भनेर गिज्याए। युवतीको मामिलामा आफू कमजोर रहेको उनले सार्वजनिक कार्यक्रममै स्वीकारेकै विषय हो। हलमा डेटिङ आफ्नै अनुभव त होला नि ! कि कसो ?

Leave A Comment