शुरु भयो ‘रोडिज’

बिहिबार, ०३ पुष २०७६, ११ : ३४ शुक्रवार
शुरु भयो ‘रोडिज’

दोस्रो सिजनसम्म निकै रुचाइएको रियालिटी सो रोडिजको तेस्रो श्रृंखला शुरु भएको छ। सोमबार ‘रोडिज’को तेस्रो सिजनको पहिलो एपिसोड प्रशारण भएको थियो। पहिलो एपिसोडमा काठमाडौँबाट छानिएका प्रतियोगी सहभागी भएका थिए।

पहिलो एपिसोडमा छानिएका सात जनामध्ये जज अनुप विक्रम शाहीको टिम ‘रेड’मा तीन जना, पहिलो सिजनका विजेता जज समन श्रेष्ठको टिम ‘ब्लु’मा दुई जना रोडिज सुरुवातदेखि नै निर्णायक बनेकी दिया मास्केको टिम ‘एल्लो’मा एक जना र कार्यक्रम होस्ट गर्दै आएका रेमनदाश श्रेष्ठले एक प्रतियोगी छानेका थिए। ‘ग्रिन’ टिमका टिम लिडर आशीष राणा ‘लाहुरे’को समूहमा कुनै प्रतियोगी परेनन्।

Leave A Comment