नेता छान्ने रियालिटी

बिहिबार, ०३ पुष २०७६, १२ : ३७ शुक्रवार
नेता छान्ने रियालिटी

कमेडी, सिङिङ र डान्सिङ रियालिटी सोको लोकप्रियतासँगैे नेता छान्न नयाँ रियालिटी सो ‘द लिडर’ आउने भएको छ। योग्य र सक्षम नेताको चयन गर्ने बताइएको यस कार्यक्रमको निर्णायकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वपत्रकार तथा नेता रवीन्द्र मिश्र छन्। अन्य दुई निर्णायकको नाम खुलाइएको छैन।

कार्यक्रम न्युज २४ बाट प्रसारण हुनेछ यस कार्यक्रम प्रस्तोता रवि लामिछानेले कार्यक्रम सञ्चालन गर्ने तयारी छ। ‘द लिडर’को अडिसनबाट छानिएका १० जना प्रतियोगीलाई कार्यक्रममा समावेश गरिने आयोजकले जानकारी दिएका छन्। कार्यक्रमको अडिसन नेपालसँगै नेपालबाहिर समेत गर्ने तयारी छ।

Leave A Comment