किम्फमा ‘पियानो टु जंस्कर’ उत्कृष्ट

बिहिबार, ०३ पुष २०७६, ०१ : १० शुक्रवार
किम्फमा ‘पियानो टु जंस्कर’ उत्कृष्ट

अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा माइकल सुलिमाको ‘पियानो टु जंस्कर’ उत्कृष्ट भएको छ। अन्तर्राष्ट्रिय स्पर्धातर्फ कलानी जाकोनको ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ दोस्रो भयो। मार्गा गुटेरिजको ‘रोप्स’ तेस्रो भयो।

नेपाल पानोरामाअन्तर्गत केदार श्रेष्ठको ‘जुनुको जुत्ता’ उत्कृष्ट कथानक (फिक्सन) र प्रणवनारायण मानन्धरको ‘पोट्रेट अफ माने’ गैर–कथानक (ननफिक्सन) फिल्म घोषित भएको थियो ।

यस वर्षको उत्कृष्ट साहसिक पर्वतीय फिल्म जोस्ट भानको ‘ड्रोम्मेल्यान्ड’ घोषित भयो। धोंडुप छिरिङको ‘आमा खान्डो’ ले सबैभन्दा बढी दर्शकहरूको रोजाईमा परेर ‘अडियन्स अवार्ड’ जितेको थियो।

Leave A Comment