रहेनन् भट्टराई र क्षत्री

बिहिबार, ०३ पुष २०७६, ०१ : १८ शुक्रवार
रहेनन् भट्टराई र क्षत्री

कलाकार तथा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षत्रीको निधन भएको छ। दीपकको घरमा सुतिरहेको बेलामा आइतबार बिहान निधन भएको थियो भने भट्टराईलाई अस्पताल पु-याएपछि आइतबार बेलुका चिकित्सकले मृत घोषणा गरे। सोमबारै दुवैको अन्त्येष्टि गरियो।

दुवैको मृत्युको कारण भने खुल्न सकेन। घाँटीमा मासु पलाउने रोगबाट पीडित दीपक पछिल्लो समय स्वास्थ्य अवस्थामा सुधारपछि चलचित्र क्षेत्रमा पुनः सक्रिय भएका थिए।

भट्टराई उच्च रक्तचापबाट पीडित थिए। रक्तचापको नियमित औषधि सेवन गरिरहेका उनी सोमबार साथीको पार्टीमा सहभागी भएर बेलुका विकास बोर्डको कार्यालय हिँडेका थिए। अनामनगर बस्ने उनी किन चाबहिल गोपिकृष्ण नगरमा रहेको सरकारी कार्यालय हिँडेका थिए खुल्न सकेन। चिकित्सकको हवाला दिँदै उनको मृत्युको कारण हृदयाघात भनिए पनि पोस्टमार्टम नहुँदा मृत्युको कारण एकिन भएन।

दुवै कलाकारको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका थिए।

Leave A Comment