पुस दोस्रो सातामा कामना फिल्म अवार्ड

बिहिबार, ०३ पुष २०७६, ०१ : २४ शुक्रवार
पुस दोस्रो सातामा कामना फिल्म अवार्ड

पुस १९ मा ‘कामना फिल्म अवार्ड’को पाँचौं संस्करण आयोजना हुने भएको छ। चलचित्रसम्बन्धी पुरानो मासिक पत्रिका कामनाले सजी इन्टरटेनमेन्टसँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो।

आयोजकका अनुसार यस वर्षबाट प्रतिस्पर्धात्मक २६ विधाबाहेक एसएमएस भोटिङका आधारमा ‘पपुलर च्वाइस अवार्ड’ समेत प्रदान गरिने तयारी छ। पपुलर च्वाइस अवार्डका लागि नायिका वर्षा राउत, सृष्टी श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, प्रियंका कार्की र स्वस्तीमा खड्का मनोनयनमा परिसकेका छन्।

निर्णायक मण्डलले २६ विधामा मूल्यांकन गरी सम्मान गर्ने तयारी गरेको छ। आयोजकका अनुसार चलचित्र क्षेत्रमा पु-याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्र क्षेत्रमा योगदान पु-याउने एक फिल्मकर्मीलाई  १ लाख रुपैयाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ।

निर्णायक मण्डलको निर्णयका आधारमा फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड, संगीत, फेसन र नाट्य विधामा क्रिटिक्स अवार्ड र अन्य विधामा कामना फिल्म अवार्ड प्रदान गर्ने आयोजकले जानकारी दिएको छ।

Leave A Comment