आस्थाको बहाना

सोमबार, ०७ पुष २०७६, ०१ : ५२ शुक्रवार
आस्थाको बहाना

गायिका आस्था राउत बहाना बनाउन निकै सिपालु छिन्। कार्यक्रममा आफैँ ढिला आइपुग्छिन् अनि नानाथरी बहाना गर्छिन्। हालै ‘द भ्वाइस अफ नेपाल २’ले आयोजना गरेको कार्यक्रममा उनी तीन घण्टा ढिला पुगिन्। कार्यक्रम तीन बजे सुरु हुने भनिए पनि आयोजकले पाँच बजाए। कार्यक्रम सुरु त भयो तर कोच आस्थाको अनुपस्थितिमा।

कार्यक्रम सकिने समयमा आइपुगेकी आस्थाले आफू २ घण्टा जाममा फसेको कारण ढिला भएको बताइन्। अब त्यही जाममा परेकाहरु कार्यक्रममा ४ बजे आइपुगे तर उनी चाहिँ ५ बजे। अब कोच नै आफ्नो कार्यक्रममा यसरी ढिला आइदिन भएन नि ! अब यसरी जामकै बहाना नगरेको भए सुहाउँथ्यो आस्थालाई। अर्को कार्यक्रममा चाहिँ विश्वासिलो बहाना बनाऊ है आस्था !

Leave A Comment