जाडाेमा ज्यान ढाक्ने लुगा ठीक

मङ्गलबार, ०८ पुष २०७६, ११ : ०२ शुक्रवार
जाडाेमा ज्यान ढाक्ने लुगा ठीक

जाडो मौसमका बारेमा मोडल अञ्जली अधिकारीसँग गरिएको छोटो कुराकानी :

जाडो मौसम कस्तो लाग्छ ?
मलाई जाडो मौसम ठिकै लाग्छ। गर्मी जतिको चाही। जाडो मौसममा घाम ताप्दै बदम खान रमाइलो हुन्छ।

जाडो मौसम मन पर्ने कारण के के हुन् ?
मकै भुटेको खान पाइन्छ। गाउँघरमा अरु बेला भन्दा पनि जाडोको बेला भुटेको मकै खान एकदमै मन  पर्छ। जसका कारण जाडो मलाई प्रिय लाग्छ।

जाडोमा नपर्ने कुराहरु के के हुन ?
जाडोमा काम गर्न अल्छि लाग्छ। काम भन्दा बढि जाडोमा कठ्याङ्निुपर्छ। सुटिङको समयमा पनि एकैछिनमा जान्छ। त्यस कारण मलाई यो मन पर्दैन।

जाडोको कुन महिना मिस गर्नुहुन्छ ?
मैले जाडोमा सबै भन्दा बढि मिस गर्ने महिना भनेको पुस हो। यो समयमा गाउँघरमा हुँदा खेरि छरछिमेकीको विहे भोजमा सामेल भइन्थ्यो। अहिले गाउँघरमा मात्रै होइन काठमाडौमा हुँदा खेरि पनि भोजमा  सरिक भइरहिन्छ। विहे भोजमा रमाइलो गर्न मन लाग्छ। त्यस कारण जोडो महिनाको बढि मिस हुने भनेको पुस नै हो।

जाडोमा कस्ता पहिरन लगाउन मन लाग्छ ?
मलाई लामा खाल्का पहिरनहरु विशेष मन पर्ने पहिरन हुन्। मैले प्राय जसो जाडो मौसममा शरिर ढाक्ने पहिरन लगाउँदै आएको छु। अरु त साधारण हुन जुन घरमा बस्दा जहिलै लगाइएको हुन्छ।

जाडो मौसममा कलाकारलाई कतिको फाइदा हुन्छ ?   
विहान उड्दा त गाह्रै लाग्छ। नाच्दा मात्रै जिउ तातेर नाच्न सकिन्छ।

जाडो मौसममा घुम्न कतिको  मन लाग्छ ?
जाडोमा मौसम भनेकै पिकनिङ जाने समय हो। पहिला पहिला घुम्न जाने भनेर प्लानिङ हुन्थ्यो अहिले त आफै घुमिरहेको हुन्छु। पहिलाको जस्तो चाही हुदैन।

जहिले पनि उस्तै देखिनुको रहस्य के होला ?
खानपान नै टायम टेवल नै हो। अर्को कुरा मेकअपमा पनि राम्रै मेहनत गर्नुपर्ने हुन्छ। खानपानमा र मेकअपमा ध्यान दिएपवछि ठिक भइहाल्छ।

अहिले कुन कुन काममा व्यस्त हुनुहुन्छ ?
अहिले म्युजिक भिडियोमा नै व्यस्त रहेको छु। केहि कार्यक्रमहरुमा पनि व्यस्त हुदैछु।

Leave A Comment