किन डराएको म ?

मङ्गलबार, ०८ पुष २०७६, ११ : ३९ शुक्रवार
किन डराएको म ?

घरबाट निस्किँदा आमाले भन्नुहुन्छ भरे घर छिटो आउनु समय खराब छ, समय खराब छ कसरी ? यही समय भन्ने शब्दले मेरी आमालाई तर्साएको छ। समय खराब छ रे। किन यो समाज खराब भयो ? समाजका मान्छे जसले समाजलाई फुटाउँदै छ किन ?

अनि मेरि आमाको मुखबाट मलाई रोक्ने शब्द निस्किन्छन् तब पाइला सर्नुअघि नै रोकिन्छन् तर म आफूलाई दरो पार्दै निस्किन्छु । घरबाट निस्की पर बाटोमा पुगि हिँड्न थाल्छु अनि दिमागमा यी कुरा आउन थाल्छन् र मेरो मन डराउनु थाल्छ कतै मलाई पछाडिबाट तानेर मेरो स्वरको हरण पो गर्छन् कि अगाडिबाट एसिड पो हाल्छ कि।

म कसको बीच रहेको छु, साँझ घर पनि पुग्छु कि पुग्दिन ? यही भीडमा हराउँछु कि मनमा हजार प्रश्नहरु आउँछन्।

जब साझ पर्छ म घर नपुगुञ्जेलसम्म मेरी आमाको फोन आउँछ। यो अस्तव्यस्त सहरको त्यो खुट्टा पनि राख्न नसक्ने गाडी अनि त्यस भीडका यात्रीहरु कति असुरक्षित यस्तो कहिले सम्म ?
कुन चाहिँको विशालु नजर छ म माथि त्यही सोचेर शरीरमा काँडा उम्रन थाल्छ। नजरले नै बलात्कार गर्नेहरुको कमी छैन यहाँ। अनि जब सुनसान बाटोमा पाइला राख्छु तब कमिलाको चालले पनि तर्साउँछ, मलाई हावा चल्ने गतिले पनि कोही आएको आभास गराउँछ किन यस्तो हुन्छ ?
घर पुगेर समाचार हेर्छु यति बालिकाको बलात्कार पछि हत्या अपहरण अनि लाग्छ म बाहिर जाऊँ कि नजाऊँ ?
नेप्लिज टिनेजर्स कन्फेसन

Leave A Comment