जाडोमा शुक्रकिटको सक्रियता

मङ्गलबार, ०८ पुष २०७६, ०१ : २१ डा. दिनेश बाँस्ताेला
जाडोमा शुक्रकिटको सक्रियता

यौनिक जीवनका लागि जाडो मौसम उत्तम हो। जाडो मौसममा यौन जोडीले एक–अर्कामा आकर्षण गर्ने प्रवृत्ति उच्च हुन्छ। सामान्यतः यौनका मामलामा महिलाको भूमिका निष्क्रिय हुने भएकाले उनलाई मौसमले ठूलो प्रभाव नपार्ने भए पनि तुलनात्मक रुपमा जाडोमा कामोत्तेजना बढी हुनु स्वाभाविकै हो। जाडो मौसममा पुरुषको शुक्रकिटको सक्रियतासमेत बढ्ने भएकाले यो मौसम यौन जोडीका लागि आनन्दमयी मौसम हो।

हुन त जाडोको समयमा पुरुषमा ‘हिउँदे लिंग’ चाम्रिएर तथा खुम्चिएको हुन्छ। जाडोका कारण लिंग खुम्चने भएकाले सामान्यतः उत्तेजनामा ल्याउनसमेत कठिन हुन्छ। अण्डकोष बाहिरको छाला खुम्चिए तापनि अण्डकोष भने चलायमान र सक्रिय हुन्छ।

प्रजनन् क्षमताको सक्रियता उच्च नै हुन्छ। त्यसैले जाडो मौसम यौन जोडीका लागि यथार्थमा यौन उत्सवमय नै हुन्छ। उत्सवमय यौनानन्दका लागि यौनाङ्गका छालासहित यौनाङ्ग सक्रिय हुने बनाउन आवश्यक छ।

पुरुषको अण्डकोषबाट निष्कासन हुने ‘टेस्टोस्टेरोन’हार्मोन आफैँमा तापक्रम उत्सर्जन गर्ने हार्मोन हो। जसले पुरुषलाई यौन उत्तेजनामा ल्याउँछ। यसले पुरुषको पुरुषत्व उजागर गर्छ।

जाडो मौसम यौनका लागि आनन्दमयी तथा गुणकारी मौसम हो। यो मौसम यौन शक्ति तथा दृष्टि दुवैका हिसाबले यौन जोडीका लागि उपयोगी हुन्छ। किनकि जाडो मौसममा पुरुषको ‘टेस्टोस्टेरोन’ हार्मोनको तह उच्च बिन्दुमा पुगेको हुन्छ। जसले सहज कामोत्तेजना ल्याउँछ।

शुक्रकिटको सक्रियता
पुरुषको शुक्रकिट अन्य मौसमको तुलनामा जाडो मौसममा बढी स्वस्थकर हुन्छ। यो मौसम शुक्रकिट उत्पादनका लागि उपयुक्त मौसम हो। गर्मी मौसम शुक्रकिट उत्पादनका लागि उपयुक्त मौसम हैन। जाडोे मौसममा शुक्रकिटको संख्या बढी र व्यापक मात्रामा उत्पादन हुन्छन्।

यो मौसममा शुक्रकिटको सक्रियता त हुने नै भयो। जाडो मौसममा शुक्रकिटको चहल–पहल पुरुषको ‘सेमिफरस नली’मा बढी मात्रामा हुन्छ। स्वस्थ तथा व्यापक मात्रामा शुक्रकिट हुँदा पुरुषमा यौनको भोक जाग्नु स्वाभाविकै हो। जाडो मौसममा पुरुषको प्रजनन् क्षमता व्यापक हुन्छ। जसले पुरुषमा यौन उत्तेजना ल्याउनु स्वाभाविकै हो। यौन चाहना त बढ्ने नै भयो। यौन चाहना बढेपछि पुरुष यौन तृप्ति मेट्नका लागि यौन जोडीको खोजीमा हुनु स्वाभाविकै हो। त्यसैले जाडो मौसममा यौन जोडीबीच यौन क्रियाकलाप तथा यौन सम्पर्क बढी मात्रामा हुनु स्वाभाविकै हो।

सामान्य शरीरको तापक्रमभन्दा अण्डकोष दुई डिग्रीभन्दा कम भएको अवस्थामा अण्डकोषहरुले राम्रोसँग काम गर्न सक्छन्। यो महिला पुरुष दुवैमा लागू हुन्छ। त्यसैले जाडो मौसममा अण्डकोष तथा स्वयं लिंग खुम्चिएर बसेको हुन्छ। जब वातावरण र शरीरको तापक्रम बढ्छ, तब अण्डाशयको छालाका साथै लिंग पनि फुक्छ। गर्मी मौसममा लिंग फुक्ने भए पनि जाडो मौसममा यौन चाहना, क्रिडा बढी हुन्छ भन्ने कुरा भुल्नु हुन्न। यस्तो अवस्थामा दुवै यौन जोडी कामोत्तेजनामा पुग्नु स्वाभाविकै हो।

तसर्थ पुरुषको यौनिक पुरुषार्थ र महिलाको यौनिक चाहना स्थापित गर्ने तथा पुनः फर्काउने समय भनेकै जाडो मौसम हो।

अण्डाशयको क्षति
यौनको मामलामा पुरुषको पुरुषार्थ अण्डाशयभित्र हुन्छ। गर्मी मौसममा पुरुषको अण्डाशय लत्रिएर चोटपटक लाग्ने तथा हानि पुग्ने डर हुन्छ। भित्री कपडामा ठोकिँदासमेत क्षति हुन पुग्छ। तर जाडो मौसममा भने अण्डाशय बाहिरको छाला खुम्चिएर बस्ने भएकाले अण्डाशय सुरक्षित रहन सहयोग पुग्छ। ठोक्किन पाउँदैन। जसका कारण नस्ट हुन पाउँदैन।

जाडोमा तातो पानीदेखि सजग
जाडो मौसममा तातोपानीले नुहाउन खोज्नु स्वाभाविकै हो। तर तातो पानीले नुहाउँदा समेत बडो ध्यान दिन आवश्यक छ। तातो पानीले नुहाउँदा शरीर सफा त होला तर अण्डाशयबाट शुक्रकिट निस्कने प्रक्रिया र लिंगका लागि हानिकारक हुन सक्छ। तातोपानीले पुरुषको शुक्रकिटमा क्षति पु-याउन सक्ने भएकाले बढी तातो पानीले ननुहाउनु नै उचित हुन्छ। विशेषगरी पुरुषले बढी तातो पानीले नुहाउनु हुन्न। तातो पानीले नुहाउँदा अल्पकालीन तथा दीर्घकालीन दुवै किसिमको समस्या उत्पन्न भई व्यक्तिमा बाँझोपन निम्तिने जोखिम हुन्छ।

हुन त जाडो मौसममा अधिकांश यौन जोडीले एक्लोपनको महसुस गरेको पाइन्छ। यस्तो अवस्थामा मनतातो पानीले नुहाउँदा व्यक्तिको शरीर तात्छ। जसले एक्लोपनको महसुस कम भई यौनजोडी बीचमा यौन सुमधुरता कायम राख्न सहयोग गर्छ। यसको अर्थ जाडो मौसममा यौन इच्छै कम हुन्छ भन्ने भने हैन।

छुट्टीमा यौनानन्द
यौनजन्य रसास्वादनका लागि सांस्कृतिक तथा धार्मिक छुट्टीहरु पनि प्रायः जाडो मौसममै दिइएको हुन्छ। छुट्टीको मौकामा यौन उत्सव मनाउन सहजता हुन्छ। जाडो मौसममा छुट्टी दिनु अप्रत्यक्षरुपमा यौन शिक्षाका दृष्टिले समेत वैज्ञानिक र बुद्धिमता तथा व्यावहारिकता देखिन्छ। पुरुषका लागि मात्रै हैन महिलाका लागि पनि जाडो मौसम यौनको प्रसंगमा उत्तम समय हो। जाडो मौसममा महिलाले पनि आनन्द, प्रसन्नता तथा रसास्वादन लिन्छन्।

जवान यौन जोडीका लागि कामोत्तेजनाले नेतृत्व गर्छ। उनीहरु कामोत्तेजनामा रमाउनु स्वाभाविकै हो। तर सामान्यतः ६० वर्ष नाघेका पुरुष र ४० नाघेका महिला यौन जोडीका लागि भने यौन क्रियाकलाप तथा यौन सम्बन्धले बढी महव राख्छ। पाको उमेरमा यौन क्रिडा, यौन सम्पर्क तथा यौन उत्तेजना गौण हुन्छ।

जाडो मौसम नै यौन चाडपर्वलाई प्राप्त गर्ने, यौन जोडी खोज्ने उपयुक्त मौसमका रुपमा लिन सकिन्छ। यौन जोडीको छनोट भने समय, स्थान र परिस्थितिमा भर पर्छ।

यौनमा मोजाको अर्थ
जाडो मौसममा महिलाले लगाउने मोजाले समेत यौनको मामलामा अर्थ राख्छ। विशेषगरी महिला मोजा लगाएको अवस्थामा छिटो कामोत्तेजनाको शिखरमा पुग्छन्। मोजा नलगाएका महिला कित कामोत्तेजनामा पुग्नै सक्दैनन्, कामोत्तेजनामा पुगिहाले पनि मोजा लगाएका महिलाको अनुपातमा पुग्न सक्दैनन्। यौन सम्पर्कको क्रममा यो लागू हुन्छ। तसर्थ यौन क्रिडा र उत्तेजनाका लागि महिला यौन जोडीका लागि मोजा वा मोजाले खुट्टाका औंला, कुर्कुच्चा तथा नलीखुट्टा छोप्नु उपयुक्त हुन्छ। जसले जाडो छल्न मात्रै हैन महिलालाई यौन उत्तेजनाका लागि आकर्षण गर्नसमेत सकिन्छ। किनकि यसरी पुरुषको तुलनामा महिला यौन जोडीको कामोत्तेजनाको बानी व्यवहार प्रस्टै देखिन्छ। यौन जोडीबीच शरीरको नग्नता भन्दा सिंगारपटार तथा पूरा पोशाकमा यौन आकर्षण बढी हुन्छ।
प्रस्तुतिःः उपेन्द्र खड्का

Leave A Comment