हल्लाबाज पूजा

मङ्गलबार, ०८ पुष २०७६, ०१ : ४० शुक्रवार
हल्लाबाज पूजा

कुरा नचपाई भन्ने हो भने ‘पोइ प-यो काले’ फ्लप फिल्म हो। तर हेर्नुस्, यसकी अभिनेत्री पूजा शर्माले यस्तो फ्लप फिल्मलाई पनि हिट भनेर हल्ला मात्र गरिनन्, ५१ औँ दिन मनायो भन्नसमेत भ्याइन्।

अब हल्लाका लागि ५१ औँ दिन मनाए पनि फिल्मको व्यापार भने दुःखलाग्दो किसिमको नै थियो। यस्तो बेलामा बरु चुपचाप बस्नु नि, हल्ला गर्दा के नै फाइदा होला र ?

तर यस्ती हल्लाबाज पूजाको हल्ला के रोकिन्थ्यो। अब फागुनमा रिलिज हुन लागेको उनी अभिनित ‘म यस्तो गीत गाउँछु २’ मा पारिश्रमिक २० लाख लिएको हल्ला मच्चाइन्।

पख्नुस्, उनलाई पत्याइनहाल्नुस्। किन थाहा छ ? यतिबेला फिल्मकै व्यापार २० लाखमा सीमित भइरहेका बेला एउटा कलाकारको पारिश्रमिक यत्ति पाएँ भन्नु त अत्ति भयो नि, होइन र ? यस्तो अवस्थामा हामीले पूजालाई हल्लाबाज भन्नु अत्ति हुन्छ र ?

Leave A Comment