मलिनाको गर्मी टार्गेट

मङ्गलबार, ०८ पुष २०७६, ०१ : ५० शुक्रवार
मलिनाको गर्मी टार्गेट

पहिला वर्षा राउतले सञ्जोगसँग झ्याइँ पारिन्। ऋचाले पनि वर चुनिन्। आँचल शर्माले पनि केटा रोजेर बन्धनमा बाँधिन ठिक्क परिसकेकी छन्। अब बाँकी रह्यो, पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी !

साथीसंगीको धमाधम बिहे हुन थालेपछि उनलाई पनि तनाव नभएको त होइन। त्यसैले उनी सुशान्त प्रधानसँगको प्रेमलाई प्रदर्शन गरिरहेकी छन् तर उनको अहिले मूड छ जस्तो देखिँदैन। त्यसैले त उनले हालै सामाजिक सञ्जालमार्फत ऋचाको बिहेलाई कटाक्ष गरेकी छन्।

अनलाइनखबरमा अन्तरवार्ता दिँदै भनिछन्, ‘जाडो मलाई मन पर्दैन। जाडो त जाओस् !’ यसको अर्थ उनी गर्मीयाममा बिहेको तयारीमा रहेको बुझिन्छ। 

Leave A Comment