न यता न उता, रीमा कता ?

मङ्गलबार, ०८ पुष २०७६, ०१ : ५६ शुक्रवार
न यता न उता, रीमा कता ?

अभिनेत्री रीमा विश्वकर्मा क्युट मात्र छैनन्, प्रतिभासम्पन्न पनि छिन्। त्यसैले त उनले दर्जनौँ फिल्ममा अभिनय कौशल प्रदर्शन गरिसकेकी छन्। ‘भिसा गर्ल’, ‘ऋतु’, ‘स्केप’, ‘भाले फाइट’, ‘बाटो मुनिको फूल २’ मात्र होइन, पछिल्लो समय ‘मिस्टर नेपाली’मा समेत देखिइन्।

उनको दुर्भाग्य हेर्नुस्, कुनै पनि फिल्मले बक्स अफिसमा कमाल गर्न सकेनन्। यो त उनको मात्र असफलता होइन। यसका लागि निर्देशक÷निर्माता लगायत सबै पक्षको उत्तिकै भागिदारी बाँड्नुपर्ने हुन्छ।

यतिबेला उनी ‘हिजो आजका कुरा’मा अभिनय गरिरहेकी छन्। यो फिल्ममा उनीसँगै उनका बेस्ट साथीहरु केकी र ऋचा पनि छन्। यी तीन जना कतै छुट्न चाहँदैनन्, फिल्ममा पनि !

तर हिजोआज रीमालाई तनाव छ। उनी आफ्नो छवि नायिकाको बनोस् भन्ने चाहन्छिन् तर त्यसमा सफल छैनन्। जुन उनी काम उनी पैसा र करले गरिरहेकी छन्, ‘टेलिभिजन कार्यक्रम सञ्चालन’ त्यसमा भने उनी निकै हिट छिन्।

दर्जनौँ फिल्ममा अभिनय गरे पनि दर्शकले उनलाई टेलिभिजनमा रुचाइरहेका छन्। कत्रो कन्ट्राडिक्सन छ रीमाको जीवनमा !

यतिबेला टेलिभिजनमा आफूलाई रुचाइएको कुरालाई मध्यनजर गर्दै नेपाल आइडलपछि कमेडी च्याम्पियनको होस्ट गरिरहेकी छन्। कमेडी त उनले निर्माताका रुपमा समेत सक्रिय छिन्।

हामी पनि उनको अभिनयको कायल छौँ। त्यसैले टेलिभिजनमा अल्झनुभन्दा फिल्ममै फर्किएको हेर्न चाहन्छौँ। त्यसैले ‘हिजोआजका कुरा’ बबालै चलोस् र उनको फिल्मी करियर उठोस् भन्ने कामना गर्छौं। तपाईं नि ?

Leave A Comment