हराइन् सन्ध्या

बुधबार, ०९ पुष २०७६, १२ : ३१ शुक्रवार
हराइन्  सन्ध्या

फिल्म ‘ड्रिम्स’बाट नेपाली रजतपटमा डेब्यु गरेकी हिरोइन सन्ध्या केसी पछिल्लो समय गुमनाम छिन्। न उनी पर्दामा देखिन्छिन्, न कुनै फिल्मको कार्यक्रममा नै झुल्किन्छिन्।

उनले गरेको पछिल्लो फिल्म ‘पण्डित बाजेको लौरी’ र ‘कथा काठमाडौं’ले उनलाई कतै पु-याएन। अब त उनको एउटै मात्र आशा ‘कमलेको बिहे’ छ तर त्यो पनि कहिले प्रदर्शनमा आउँछ, त्यसको टुङ्गो छैन।

जाज्वल्यमान तरिकाले चम्किनुपर्ने सन्ध्या आफ्नो नामझैँ सन्ध्याकाल कुरिरहेको पो हो कि ! तर करियरको सन्ध्याकालपछि रात्रि र रात्रिपछि बिहानी आउला भन्ने कुरेर नै होला घुमघाम मज्जैले चलिरहेको छ उनको। फेसबुकमा अमेरिका घुम्दै गरेको तस्बिर पछिल्लो समय सार्वजनिक भएको थियो। अब पर्दामा नदेखिए पनि फेसबुकमा देखिनु नै उत्तम हो। कम्तीमा दर्शकलाई आफू पनि छु है भनेर सम्झाउने काम त गर्छ !

Leave A Comment