इन्स्टा क्विन

बुधबार, ०९ पुष २०७६, १२ : ३७ शुक्रवार
इन्स्टा क्विन

पूर्व मिस नेपाल सृष्टि श्रेष्ठलाई दर्शकले पत्याउन छोडेको लामै भयो। त्यसैले त उनी अभिनित पछिल्ला फिल्म एकपछि अर्को फ्लप मात्रै भइरहेका छन्। हालै, प्रेमी सौगात मल्लसँग जोडी बाँधेर गरेको फिल्म ‘पोइ प-यो काले’ले पनि बक्स अफिसमा माखो मार्न सकेन।

यसअघि उनले गरेको ‘रोमियो एन्ड मुना’ र ‘बाँध मायाले’ पनि बक्स अफिसमा असफल नै भयो। लगातार फ्लप फिल्म आइरहँदा पनि उनका जाँगर भने घटेको छैन है ! हालै सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो सेक्सी तस्बिर राखेर आफ्नो इनर्जी सार्वजनिक गरिन्। तस्बिरलाई ३६ हजार बढीले लाइक गरेका थिए। अब तस्बिरलाई लाइक गर्ने ३६ हजारले मात्रै पनि फिल्म हेरिदिएको भए आज सृष्टि इन्स्टामा मात्रै होइन  पर्दामा पनि छाउने थिइन्।
इन्स्टामा तस्बिर मात्र पोस्टिने कि फिल्म हेर्न पनि आह्वान गर्ने ?

Leave A Comment